२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सुनसरी - SNS

बिपी प्रतिष्ठानमा २० कोरोना सङ्क्रमितको जटिल शल्यक्रिया

२०७८, ३ असार बिहीबार ०८:००

असार ३, धरान (रासस)। कोभिड-१९ महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २०  कोरोना सङ्क्रमितको शल्यक्रिया भएको छ ।  

ती शल्यक्रियाहरु जटिल किसिमका रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा।चुडामणी पोखरेलका अनुसार कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएयता गत वैशाख २७ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा शल्यक्रिया शुरु गरिएको थियो । जेठ अन्तिमसम्म २० वटा शल्यक्रिया भएको छ ।  

प्रतिष्ठानका न्यूरो सर्जन डा।आलोक दाहाललगायतको टोलीले तीन वटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ । टोलीले अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीहरुको सफल शल्यक्रिया गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जनरल सर्जरीबाट प्रा।डा।राकेश गुप्ता, डा।सुरेशप्रसाद साह, डा निर्मल साह, डा।रुपेश प्रसाद साह, डा। भवानी खनाल, डा। विजय श्रेष्ठलगायत चिकित्सक टोलीले सात वटा जटिल किसिमका शल्यक्रिया गरेका छन् । तीमध्ये चार वटा सानो आन्द्राको, दुईवटा एपेन्डिक्सको र एक वटा ठूलो आन्द्राको शल्यक्रिया भएको सहप्रवक्ता डा।पोखरेलले जानकारी दिनुभयो । 

यसैगरी प्रतिष्ठानका कार्डियो भास्कुलर सर्जन डा। लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा। सुरेश प्रसाद साहको टोलीले १२ इन्च लामो रडले करङको हाडलाई छेडेर फोक्सो र मुटुमा चोट पुर्याएका सङ्क्रमित बिरामीको पनि जटिल शल्यक्रिया गरेको थियो । त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा। शंकरप्रसाद साह र डा। ऋषिराज साहको टोलीले एक जना सङ्क्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको प्रतिष्ठानले जनाएको छ ।  

प्रतिष्ठानका अनुसार गाइनो विभागका चिकित्सकहरुले सङ्क्रमित बिरामीहरुको आठ वटा शल्यक्रियामार्फत डेलिभरी गरिएको थियो भने ९ वटा नर्मल डेलिभरी गरिएको थियो । तीमध्ये पाँच वटा डा। दिप्ती दास, दुई वटा डा। मदन खड्का र एक वटा डा। मनोज साहले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु