काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले कक्षा १० मा अध्ययनरत परीक्षार्थीहरूका लागि एसईई आवेदन फाराम भर्ने तथा भराउने म्याद १५ दिन थप गरेको छ।
कार्यालयले आज मंगलबार दोस्रोपटक सूचना जारी गर्दै यसअघि कात्तिक ९ गतेको सूचनाअनुसार आज मंगलबारसम्म तोकिएको समयावधि दसैँ, तिहार तथा छठ पर्वको बिदाका कारण अपुग भएको भन्दै विद्यालयहरूबाट म्याद थपको माग आएकाले समय थप गरिएको जनाएको छ। नयाँ व्यवस्थाअनुसार राजस्व बुझाउनेलगायतका अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्ने अन्तिम मंसिर २५ सम्म कायम गरिएको कार्यालयले जानकारी दिएको छ।