साउन २९, कपिलवस्तु । कपिलवस्तुमा तस्करी बढदै गएको छ । नियन्त्रण गर्ने निकाय प्रहरीले संरक्षण दिए पछि अहिले जिल्लामा तस्करी झनै मौलाउदै गएको पाईएको छ । जिल्लाका आधा दर्जन  बढी नाकाहरुबाट प्रहरीकै मौन सर्मथनमा अवैध ओसारपसार, तस्करी, राजस्व छली जस्ता घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, कपिलवस्तु । कपिलवस्तुमा तस्करी बढदै गएको छ । नियन्त्रण गर्ने निकाय प्रहरीले संरक्षण दिए पछि अहिले जिल्लामा तस्करी झनै मौलाउदै गएको पाईएको छ । जिल्लाका आधा दर्जन  बढी नाकाहरुबाट प्रहरीकै मौन सर्मथनमा अवैध ओसारपसार, तस्करी, राजस्व छली जस्ता घ"/>
८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा प्रहरीकै संरक्षणमा तस्करी मौलायो

२९ श्रावण २०७३, शनिबार ११:५५

साउन २९, कपिलवस्तु । कपिलवस्तुमा तस्करी बढदै गएको छ । नियन्त्रण गर्ने निकाय प्रहरीले संरक्षण दिए पछि अहिले जिल्लामा तस्करी झनै मौलाउदै गएको पाईएको छ । जिल्लाका आधा दर्जन  बढी नाकाहरुबाट प्रहरीकै मौन सर्मथनमा अवैध ओसारपसार, तस्करी, राजस्व छली जस्ता घट्नामा अहिले वृद्धि भएको हो ।

 विगत एक महिना यता भारतीय बजार संग जोडिएको ७ वटा नेपाली सीमानाकाहरुबाट रासायनिक मल, केराना र ईलेक्ट्रोनिक्स र कस्मेटिक सामान, चामल चल्ला देखि सुर्तीजन्य पदार्थ, लत्ताकपडा र खाद्यान्नको तस्करी भइरहेको छ । स्रोतका अनुसार तस्करीमा नेपाल र सशस्त्र प्रहरीको लाईन रहेको छ । 

सीमा नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहे पनि बिना भन्सार मालसामन भित्रिनुले पनि यो कुराको पुष्टी गरेको स्रोतको दाबी छ । हथिहवा दोहनी, चाकरचौडा, बिजुवाको गुलरी, रंगपुर , मर्यादपुर कुुशाहवा बढनी, भिल्मी, लगायतका नाकाहरुबाट खुलेयाम भारतबाट मालसामानहरु ल्याईने गरिएका छन् । धानमा रासायनिक मल हाल्ने सिजन भएकाले अहिले सबै भन्दा बढी भारतीय रसायनिक मलको तस्करी हुने गरेको छ । 

प्रति बोरा ढाई सय देखि ३ सय सम्म फाईदा हुने भएकाले अहिले तस्करहरुले जति सक्दो भारतीय मल भित्राएर बिक्री गर्ने गरेका छन् । प्रहरीसंग सेटिङ मिलाएर तस्कारहरुले ठाउ ठाउ मलको गोदामै खडा गरेको लवनीका एक स्थानीयले बताए । पकडी, लवबी ,चाकरचौडा लगायत बजारहरु अबैधरुपमा भित्राईएका भारतीय मलले भरिभराउ छन् । किशानहरुले नाकाबाट एक दुई बोरा मल ल्याउदा पक्राउ गर्ने गरेको तर तस्करहरुले बोराका बोरा मल ल्याउदा त्यसै जान दिने गरेको कृषकहरु गुनासो गर्छन । 

भारतबाट गैर कानुनीरुपमा भित्राईएका युरिया र डिएपी गरी १३ बोरा रासायनिक मल पकडी चौराहामा बिहीवार  नाटकीयढंगले पक्राउ पर्नुले पनि तस्करीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथ रहेको पुष्टी भएको पकडीका स्थानीय बताउछन् । 

सीमानाका चाकरचौडाबाट छिराईएको उक्त मल लु १ ख ९१७२ नम्बरको यात्रु बाहक बसमा ल्याईएको थियो । चाकरचौडाबाट उत्तरी पिपरा जादै गरेको उक्त बसमा अबैध मल रहेको राष्ट्रिय अनुसंधानका कर्मचारीहरुले दिएको सुचानका आधारमा नियन्त्रणमा लिईएको थियो । 

चाकरचौडामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले छाडेको उक्त मल पक्राउ गर्र्न ईलाका प्रहरी कार्यालय पकडीले समेत चासो देखाएको थिएन । राष्ट्रिय अनुसंधाको कर्मचारीको दवावमा बाध्य भर्इै प्रहरीले मल नियन्त्रणमा लिएको थियो । 

१३ बोरा मल पक्राउ गरे पनि सुरुमा प्रहरी उपरिक्षक बिष्णु केसीलाई ८ बोरा मात्र पक्राउ गरेको जानकारी गराईएको थियो । घटनाबारे थाहा पाए पछि संचारकर्मीको टोली पकडी पुगे पछि ईलाका प्रहरी कार्यालयको गेटमा बोराले छोपेर लुकाईएको ५ बोरा मल पनि रहेको पत्ता लागेको थियो । ईलाका प्रहरी पकडीका प्रहरी निरीक्षक माहोम्मद ईसरायल अन्सारीले राष्ट्रिय अनुसंधानको कर्मचारीहरुको सुचनाका आधारमा मल पक्राउ गरेको बताए । 

प्रहरी हवल्दार उदय भान्ले सुरुमा आफुलाई ८ बोरा मात्र मल पक्राउ गरेको बताएकाले जिल्ला प्रहरीमा सुरुमा त्यही जाहेर गरेको उनले बताए । पक्राउ परेको सो मल पकडीमा रहेका मलका कारोबारीहरु कान्ती बर्मा राधेश्याम बरई, गलिराम हरिजन, रबिन्द्र चौधरीको रहेको स्थानीयले बताए । 

यस अघि २० दिन पहिले पनि राष्ट्रिय अनुसंधानकै कर्मचारीको सुचनमा २३ बोरा अबैध चिनी पक्राउ गरिएको थियो । चाकरचौडाबाट दिनहु बोराका बोरा मल र चिनी आउने गरे पनि त्यसलाई भने कसैले केही नगरेको कान्ती बर्माले गुनासो गरिन । 

‘हामी जस्तो सानो कारोबारीको माल सामातिन्छन, ठुला कारोबारीलाई कसैले केही गदैन ’ आफनो मल पक्राउ परेकोमा आक्रासित भएकी उनले भनिन । पकडी– ६ सेमराका रारजेन्द्र प्रसाद चौधरीले चाकरचौडाबाट बस, जीप, मोटरसाईलमा दिनहु बोराका बोरा मल, चिीन, दाल लगायतका सामाग्री आउने गरेको बताए । ‘यो बाटो हुदै खलेयाम माल जाने गर्छ तर कसैले पक्राउ गर्न चासो दिदैनन ’ उनले भने । 

स्रोत अनुसार तस्करहरुले चाकरचौडामा रहेको सशस्त्र र नेपाल प्रहरी तथा ईलाका प्रहरी कार्यालय पकडीलाई मासिक लाईन बापत रकम बुझाउने गरेका छन् । पकडीमा कार्यरत प्रहरी हवल्दार उदय भान यादवले त्यसकालागि चाजोपाजो मिलाउने र रकम संकलन गर्ने गरेको छन् । 

बुधवार बिहान साईकलमा लोड गरेर भारतीय यरिया मल लैजैदै गरेका धरमपनीयका दुई कृषकले प्रहरीले सीमानाकामा प्रति बोरा ५० देखि सय रुपैया लिएर असुल्ने गरेको बताए । रकम नदिए माल पक्राउ गर्ने गरिएकाले आफुहरुले बाध्य भई दिने गरेको उनीहरुले गुनासो गरे । नजिकिदै गरेका तीज सहीत अन्य चाडपर्वसंगै कपडा, कास्मेटिक सामान तस्करी समेत बढको ब्यापारीहरु बताउछन् । 

उता प्रहरी उपरिक्षक बिष्णु केसीले सीमानकाबाट तस्करी भएको बिषयमा आफुलाई कुनै जानकारी नभएको दाबी गरे । तस्करी नियन्त्रणकालागि  प्रयासमा लागेको उनले बताए । ‘ सीमा तस्करी रोक्ने हाम्रो मात्र काम होइन अन्य निकाय खासगरी भन्सार उत्तिकै जिम्मेवार छ ’उनले भने । 

उता भन्सार कार्यालय कृष्णनगरका भन्सार अधिकृत यम थापा मगरले तस्करी नियन्त्रणकालागि आफुहरु पनि प्रयासरत भएको बताए । खुला सीमाका कारण तस्करी नियन्त्रणमा समस्या आएको भन्दै उनले नियन्त्रणकालागि थप कदम चालिने बताए । ‘ हामीले नाकाहरुमा थप निग्रानी बढाउछौ, राजस्व गस्ती पचिलान गछौ ’ उनले भने । -मनिष गुप्ताको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध