३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी सरकारले भन्यो ‘हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न’

८ श्रावण २०७८, शुक्रबार ०७:१९

साउन ८, रियाद (रासस/सिन्ह्वा)। साउदी अरेबियाको सरकारले यहाँ सम्पन्न भएको हजका क्रममा कोभिडको कुनै सङ्क्रमण नभएको जनाएको छ । साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको छ ।

हजका क्रममा ठूलो भिडभाड हुने भएकोले यस क्रममा कोभिड १९ को ठूलो सङ्क्रमण हुने डर रहेको बताइएको थियो । त्यसैले पनि यहाँको सरकारले कोभिडका विरुद्धमा निकै कडा र प्रभावकारी उपायहरु अपनाएको बताएको छ ।  त्यसै कारणले पनि यस वर्ष हजका लागि विदेशी नागरिक आउन नदिने र स्वदेशमा मात्र निकै सानो संख्यामा गर्नुपर्ने बताइएको थियो ।

साउदी अरबका स्वास्थ्यमन्त्री ताफिक अल रबिहले हजका क्रममा कोभिडको सङ्क्रमण नदेखिएको र सरकारले सजगताका लागि निकै प्रभावकारी मापदण्ड पनि अपनाएको बताउनुभयो । उहाँले साउदी अरेबियाको मक्कामा हज गर्न आएकाहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालनाको आवश्यकतामा जोड दिइएको थियो ।

त्यसैगरी यहाँको सरकारले स्वदेशी नागरिकलाई जम्मा ६० हजार जनालाई मात्र हजका लागि आउन दिएको थियो । त्यसैगरी विदेशी नागरिकलाई पनि थोरैलाई मात्र यहाँ हजका लागि आउन दिइएको र स्वदेशी नागरिकलाई पनि ६० हजारमा मात्र सीमित गरिएको थियो । यसका कारणले गर्दा साउदी अरेबियामा हालै सम्पन्न हज सेसन सुरक्षित रुपमा सम्पन्न भएको, अर्थात् कोभिड फ्रि रुपमा नै यो सम्पन्न भएको उहाँले जानकारी दिनुभएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’