२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

२०७८, ११ श्रावण सोमबार ११:४६

साउन ११, ट्युनिस (रासस/सिन्ह्वा)। ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गर्नुभएको छ र प्रधानमन्त्रीलाई पनि बर्खास्त गर्नुभएको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । त्यसलगत्तै उहाँले यहाँको संसद पनि निलम्बन गर्नुभएको बताइएको छ ।

आइतबार राति उहाँले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गर्नुभएको थियो ।  राष्ट्रपति काइस सेइदले आइतबार राति चाल्नुभएको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिनुभएको छ ।त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उहाँ आफैले गर्नुभएको छ । उहाँले अकस्मात गर्नुभएको सो घोषणामा अर्काे प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताउनुभएको छ ।

त्यसैगरी यहाँको संसद पनि उहाँले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराउनुभएको छ ।आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने