१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि कब्जा गरेको विद्रोहीको दाबी

२५ श्रावण २०७८, सोमबार ११:२७

साउन २५, काबुल (रासस/एएनआई)। अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरुले अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् । 

उनीहरुले तखार प्रान्तको राजधानी तालुकान आइतबारदेखि नियन्त्रणमा लिएको दाबी गरेका हुन । अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरुले अफगानिस्तानमा आफ्ना गतिविधिहरुलाई तिव्र बनाएका छन् ।  

राजधानी कब्जामा लिएसँगै तखार प्रान्तका धेरै सार्वजनिक संरचना निष्क्रिय जस्तै भएका छन् । “मुख्य ठाउँ नै नियन्त्रणमा लिएपछि प्रान्त नै निष्क्रिय हुने नै भयो”, स्रोतलाई उल्लेख गर्दै तोलो न्युजले लेखेको छ । उनीहरुले प्रान्तीय प्रहरी कार्यालय समेत नियन्त्रणमा लिएको जनाइएको छ ।  

तालिबान लडाकूहरुले यसअघि अरु तीन प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिइएको घोषणा गरेका थिए । यो समेत गरी उनीहरूले अफगानिस्तानका चार प्रान्तीय राजधानी कब्जा गरेका छन् । तर सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ ।

पछिल्लो तीन दिनमा चार प्रान्तीय राजधानी आफूहरूले कब्जामा लिएको लडाकूहरूले सोमबार दाबी गरेका छन् । लडाकूहरूले यसअघि देशको कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । उनीहरूले कुन्दुज प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

तालिबान लडाकूहरूले त्योभन्दा अगाडि शबरगान र जारान्ज प्रान्तीय राजधानीहरू नियन्त्रणमा लिइएको दाबी गरेका थिए । सुरुमा गत शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निम्रोेजको राजधानी जारान्ज कब्जामा लिएको र त्यसपछि उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान सहर आफ्नो नियन्त्रणमा आएको तालिबानले जनाएको छ । 

पश्चिमको हेरात, दक्षिणको कान्दाहार र लस्कर गाहसहितका प्रमुख सहर पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिबानको रणनीति रहेको तालिबान समूहका एक कमाण्डरले बताएका छन् । 

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने दाबी गर्नु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई ल्याईंदै गर्दा त्रिभुवन विमानस्थलमा कडा सुरक्षा तैनाथी एनपीएल खेल्न नेपाल आइपुगे न्यूजिल्याण्डका मार्टिन रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणी- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो अन्तशुल्क स्टिकर खरिदमा घोटला : विकल पौडेललाई ८ वर्ष कैदको फैसला काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन? कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल? नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत: कोठा र काम पाउन निकै मुस्किल प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो? निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद! दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ सानो गौचरनमा काठमाडाैं महानगरले स्टेडियम बनाउँदै, उपप्रमुख डंगाेलले गरिन् शिलान्यास विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै