२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारी

२०७८, ३ भाद्र बिहीबार ०६:११

रामबहादुर थापा । भदौ ३, बागलुङ (रासस)। पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किनुभएको छ । 

गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा गर्यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाउनुभएको छैन । मानिस भेला पारेर कार्यक्रम गर्नु त झनै टाढाको कुरा भयो । पर्यटकीय शहर पोखराको फेवाकिनारमा उभिएर विभिन्न देशका राष्ट्रगानमार्फत विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाह गर्ने उहाँको योजना तत्काललाई पर सरेको छ । महामारी थामिएर स्थिति सहज हुनासाथ कार्यक्रमको चाँजोपाँचो मिल्नेमा उहाँ निर्धक्क हुनुहुन्छ । 


पोखराका स्थानीय आयोजक संस्था र शुभेच्छुकले पनि कार्यक्रम गरी छाड्ने वचन उहाँलाई दिएका छन् । लम्बिँदो निषेधाज्ञाबीच केही समय घरमै बसेर ध्यान, साधना गर्ने र राष्ट्रगान गाउने अभ्यासलाई निरन्तरता दिन जन्मथलो फर्केको नेपालीले सुनाउनुभयो । महामारीका बेला लामो यात्रा तय गर्न नपाए पनि उहाँले नजिकका गन्तव्य चहार्ने, पर्यटन प्रवद्र्धनमा स्थानीयवासीसँग हातेमालो गर्ने र आफ्नो राष्ट्रगानको अभ्यासलाई निरन्तरता दिँदै आउनुभएको छ ।

सो सिलसिलालाई नेपालीले यसपालि काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा पर्ने पर्यटकीय लेक बेलढुङ्गासँग जोड्नुभयो । गत सप्ताहन्तमा पर्यटनकर्मी र पत्रकारकासाथ पुग्नुभएका उहाँले बेलढुङ्गामा उभिएर राष्ट्रगान गाउनुभयो । आफ्नो विश्वयात्राको सन्देश दिनुभयो ।

त्यहाँ उहाँले नेपालसहित छिमेकी देश भारत, चीन, मित्रराष्ट्र अमेरिका र फ्रान्सको राष्ट्रगान गाउनुभयो । चालीस वर्षीय गायक नेपालीले पर्यटकीयस्थलबाट प्रतिकात्मकरुपमा सन्देश जाओस् भनेर राष्ट्रगान गाएको बताउनुभयो । त्यसबखत बेलढुङ्गामा उपस्थित स्थानीयवासीसहित सबैले देशको राष्ट्रगानको सम्मान गरे । गायक नेपालीप्रति श्रद्धा राखे ।

समुद्री सतहदेखि २६१४ मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट राष्ट्रगान गाउँदा आनन्दको अनुभूति भएको नेपालीले सुनाउनुभयो । “देश विदेशका धेरै समारोहमा मैले राष्ट्रगान गाएको छु, यहाँ उभिएर गाउँदा नयाँ र रोमाञ्चक अनुभव सँगाले”, उहाँले भन्नुभयो ।

बेलढुङ्गा एउटा उदाउँदो पर्यटकीय गन्तव्यस्थल हो । त्यसको प्रवद्र्धनमा बागलुङ र म्याग्दी दुवैतर्फबाट प्रयास भइरहेको छ । ‘प्राकृतिक दृश्यावलोकन’ स्तम्भका रुपमा चिनिने बेलढुङ्गा पदयात्रासहित सूर्योदय र मनोरम हिमशृङ्खला अवलोकनका लागि पर्यटकको रोजाइमा पर्छ । त्यहाँ अहिले पर्यटनमैत्री हिसाबले पूर्वाधार बनिरहेका छन् ।

बेलढुङ्गा पुग्नुभन्दा अघिल्लो रात राष्ट्रगान यात्री नेपालीले धम्जाको ओखलेमा रहेको सामुदायिक घरबास (होमस्टे) को पाहुना सत्कारकक्षमा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । कुनैताका ‘दोहोरी’ र ‘लोकपप’ गाउँदै हिँड्ने गायक नेपालीको अहिले मूल विधा नै राष्ट्रगान भएको छ ।

विश्वका सबै देशका राष्ट्रगान गाउने ध्याउन्नमा उहाँ हुनुहुन्छ । नेपालीको सङ्गीत अभ्यास र साधना पनि त्यसमै केन्द्रित छ । यात्रामा हुँदा होस् या विस्तारामा निदाउनुअघिसम्म उहाँ राष्ट्रगानको अभ्यासमै लिप्त देखिनुहुन्छ । 

साथै रहनुभएका पर्यटन अभियानकर्मी आरके अदीप्त गिरीले गायक नेपालीको क्षमतालाई ‘विलक्षण’को उपमा दिनुभयो । उहाँले अलग भाषाका सयौँ राष्ट्रगान गाउनसक्नु चान्नेचुन्ने विषय नभएको बताउनुभयो । “उहाँको प्रतिभा, क्षमताबारे पछि अध्ययन–अनुसन्धान पनि हुन सक्छ”, गिरीले भन्नुभयो ।

गायक नेपालीले आफ्नो सम्पूर्ण ध्यान, दृष्टि कसरी विश्वभरका राष्ट्रगान गाउने भन्नेमा रहेको र त्यसकै अभ्यासमा तल्लिन भइरहेको बताउनुभयो । कोरोना महामारीले विश्वयात्रा रोकिन पुगे पनि फुर्सदको समय सङ्गीत साधनामा बिताउन पाएको नेपालीले सुनाउनुभयो ।

यसबीचमा उहाँ १३० देशका राष्ट्रगान गाउन सक्ने भइसक्नुभएको छ । बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका नेपाली ‘विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित २५ देशका राष्ट्रगान गाउँदै सन् २०१७ देखि विश्वयात्रामा निस्कनुभएको थियो । 

संयुक्त राष्ट्रसङ्घका १९५ वटै सदस्य राष्ट्रका राष्ट्रगान गाउँदै विश्वका २३२  देश पुग्ने उहाँको महत्वकांक्षी सपना छ । सन् २०२५ भित्र विश्वयात्रा पूरा गर्ने उहाँको योजना कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ । विश्वभर एकाएक फैलिएको कोरोना महामारीका कारण उहाँले आफ्नो विश्वयात्राबीचमै स्थगन गर्नुपरेको थियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा विसं २०७६ पुसमा सिलुगढीबाट नेपाली घर फर्कनुभएको थियो ।

उहाँले सन् २०१७ मा बेल्जीयम, फ्रान्स, स्पेन र नेदरल्याण्डका विभिन्न शहरमा राष्ट्रगान गाइसक्नुभएको छ । चाँडै स्थिति ठीकठाक भए आफ्नो विश्वयात्रा फेरि सुरु हुनेमा नेपाली आशावादी हुनुहुन्छ । सबैभन्दा धेरै देशका राष्ट्रगान गाउनसक्ने गायकका रुपमा विश्व कीर्तिमान पनि राख्ने उहाँको लक्ष्य छ ।

संसारका अनेक भाषामा बनेका राष्ट्रगान गाउनु चुनौतीपूर्ण भए पनि त्यसलाई देश चिनाउने माध्यम र आफ्नो आत्म गौरवका रुपमा नेपालीले स्वीकार्नुभएको छ । नेपालीले गत वर्ष विश्व पर्यटन दिवसको सन्दर्भ पारेर यहाँ आयोजित समारोहमा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै