2026-06-29 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा १५० दिनपछिकै सबैभन्दा कम कोरोना संक्रमित भेटिए, कति छन् सक्रिय सङ्क्रमित ?

भदौ ४, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार पाँच सय ७१ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६३ हजार ६ सय पाँच पुगेको पनि अधिकारीहरुले जनाएका छन् । सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको यो सङ्ख्या गत एक सय ५० दिनपछिकै सबैभन्दा कम भएको पनि उनीहरुले बताएका छन् ।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १.१२ प्रतिशत रहेको छ । भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३६ हजार पाँच सय ५५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।  

कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये भारतमा मात्रै अहिलेसम्म चार लाख ३३ हजार पाँच सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा पाँच सय ४० जनाको मृत्यु भएको हो । 

अहिले भारतमा सङ्क्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । अधिकारीहरुका अनुसार अहिले ९७.५४ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा धेरै हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ