२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै, कति छन् सक्रिय संक्रमित ?

२०७८, ७ भाद्र सोमबार ०८:४०

भदौ ७, नयाँदिल्ली (रासस/एएनआई)। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या १६० दिनपछिकै सबैभन्दा कम भएको छ ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको हो । दैनिक सङ्क्रमितहरुको सङ्ख्या कम भएपछि भारतका कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख हुँदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन् । 

भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड २४ लाख ४९ हजार ३०६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४४ हजार १५७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १६ लाख ८० हजार ६२६ पुगेको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या १५५ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कूल चार लाख ३४ हजार ७५६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ३८९ जनाको मृत्यु भएको हो । 

कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कूल ५० करोड ७५ लाख ५१ हजार ३९९ जनाको परीक्षण भएको छ । त्यसैगरी भारतमा अहिलेसम्म कूल ५८ करोड २५ लाख ४९ हजार ५९५ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै