३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीका विद्यार्थी फेरि विद्यालय जान थाले

१४ भाद्र २०७८, सोमबार १०:१७

भदौ १४, रियाद (रासस/सिन्ह्वा)। लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरु आइतबारदेखि विद्यालय जान थालेका छन् । अनलाइनमार्फत बढिरहेका विद्यार्थीहरु अहिले भने भौतिकरुपमै विद्यालय उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै नयाँ शैक्षिकसत्रसमेत सुरु भएको जनाइएको छ । 

गत १७ महिनादेखि घरमै पढिरहेका ती विद्यार्थीहरु विद्यालय गएर पढ्न पाएपछि खुशी व्यक्त गरेका छन् ।  घरमै बसेर अनलाइनमार्फत भइरहेको पढाइमा गुणस्तर नभएपछि र कोरोना भाइरसको महामारी पनि कम हुँदै गएपछि भौतिकरुपमै अध्ययन अध्यापन सुरु गरिएको हो ।

शैक्षिक अधिकारीहरुका अनुसार अहिले १२ वर्ष पूरा भएका वा सोभन्दा बढी उमेरका बालबालिकालाई मात्रै विद्यालय आउन दिने व्यवस्था गरिएको छ । प्राथमिक विद्यालय तह र पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई भने अझै पनि विद्यालय आउन अनुमति दिइएको छैन ।

“कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा नलगाएको र १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई विद्यालय अझै पनि खुला गरिएको छैन”, एक अधिकारीले भने ।

उनीहरुलाई नयाँ शैक्षिकसत्रमा पनि अनलाइनमार्फत नै अध्यापन गराइने अधिकारीहरुले जानकारी दिएका छन् । भौतिक उपस्थितिमै भइरहेका अध्ययन अध्यापनको कार्यको उप शिक्षामन्त्री साद बिन साउद अल फहिदले कतिपय विद्यालयहरुमा स्थलगत अवलोकन पनि गर्नु भएको छ । उनीहरुको स्वास्थ्य सुरक्षाको सुनिश्चितता हुनेगरी उच्च सतर्कता अपनाउन उहाँले सबैलाई निर्देशन दिनुभएको छ । 

“हामीले सवै विद्यालयहरुलाई नजिकबाट निकालिरहेका छौँ, विद्यार्थीहरुको सुरक्षाको अवस्था र विद्यालयको व्यवस्थापनका बारेमा हाम्रो चासो छ”, उहाँले भन्नुभयो । विद्यालयमा विद्यार्थीहरुको प्रवेश, बस्ने व्यवस्था, बाहिरिने व्यवस्थालगायतमा विषेश ध्यान दिन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । 

विद्यालयका सबै गतिविधिमा सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई विशेष सर्तक गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’