2026-06-30 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा थप ३० हजार ९४१ जना कोरोना भाइरस सङ्क्रमित

भदौ १५, नयाँदिल्ली (रासस/एएनआई)। भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ ।  

पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ ।गत आइतबार भारतमा ४२ हजार ९०९ जना कोरोना सङ्क्रमित थपिएका थिए भने कोरोनाको कारण ३८० को मृत्यु भएको थियो । 

अहिलेसम्म कूल तीन करोड–१९ लाख ५९ हजार ६८० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३६ हजार २७५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्याको ९७.५३ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन् ।   

भारतमा अहिलेसम्म कूल सङ्क्रमित तीन करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले मङ्गलबार जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।  

भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड १५ लाख व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको छ । यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड पाँच लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ