२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जिल्ला अस्पताल खोटाङ : २९ वर्षपछि शय्या विस्तार

२०७८, १६ भाद्र बुधबार ०९:३३

केदार मगर । भदौ १६, खोटाङ (रासस)। पन्ध्र शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरुआत गरिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको  अस्पतालको पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरु गरिएको छ ।

अस्पतालमा सञ्चालित बिरामी भर्ना,सुत्केरी गराउने ठाउँ ,शल्यक्रिया र आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर भवन निर्माणको तयारी थालिएको अस्पताल प्रमुख डा बैभव मल्लिकले बताउनुभयो । चालिस मिटर लम्बाइ र २०.५ मिटर चौडाइ हुने चारतले आरसिसी पक्की भवन निर्माणको जिम्मा ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल÷फूलबारी जेभीले लिएको छ ।

सङ्घीय सरकारको करिब रु २१ करोडका लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्ने गरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीका इञ्जीनियर राजकिशोर साहले जानकारीदिनुभयो । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उपचार सेवालाई निरन्तरता दिनका लागि पुरानो भवन भत्काउनुअघि नजिकै प्रि–फ्यावको अस्थायी भवन निर्माण शुरु गरिएको छ ।

चारतले पक्की भवनको पहिलो तलामा ओपिडी, इमर्जेन्सी, शल्यक्रिया र एक्स–रे कक्ष सहित फार्मेसी, सेक्युरिटी रुमलगायतका संरचना निर्माण गरिने जनाइएको छ । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू र आइसोलेशन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना निर्माण गरिने जनाइएको छ ।

जिल्लाको एकमात्र सरकारी अस्पताललाई सुविधायुक्त बनाउन स्तरोन्नतिको काम शुरु गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले जानकारीदिनुभयो । “सुविधायुक्त अस्पताल नहुँदा जिल्लाका कतिपय बिरामी चर्को मूल्यमा हेलिकोप्टर चार्टर गरेर अन्यत्र उपचारमा जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा सबै किसिमका बिरामीलाई जिल्लामै सेवा उपलब्ध गराउने गरी अस्पताल स्तरोन्नतिको काम सुरु गरिएको हो ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित जिल्ला अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेका समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । पुरानो संरचनाका भवनमा सञ्चालित अस्पतालमा शय्या अभावकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् ।

स्थापनाकालकै भवन तथा आवास गृहमा सञ्चालित अस्पताल तोकिएको समयसम्म चिकित्सकसमेत बस्दैनन् । अस्पतालमा चिकित्सकका लागि आवश्यक सुविधा तथा बस्ने वातावरण नभएकै कारण उहाँहरु तोकिएको अवधिसम्म नबसेको बताइएको छ ।

अस्पतालमा बसेका चिकित्सकलाई बिरामीको उपचार गर्न आवश्यक उपकरण तथा स्वास्थ्य सामग्रीसमेत अभाव हुने गरेको छ । कतिपय उपकरणकै अभावमा बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र तथा तीन सामुदायिक अस्पताल सञ्चालनमा छन् । जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौँलगायतका सुविधयुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ ।  

विभिन्न कारणले स्वास्थ्य समस्या झेल्दै आएका जिल्लावासी ढिलै भए पनि अस्पतालको सेवा विस्तार गर्न लागिएकामा हर्षित छन् । स्थापना भएर सञ्चालनमा आएको लामो समयसम्म विस्तार नभएको जिल्ला अस्पतालमा विभिन्न क्षेत्रबाट प्राप्त उपकरणका भरमा सञ्चालन हुँदै आएको छ । विशेषगरी जिल्लामा जन्मिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका हङ्कङ तथा बेलायतमा रहेकाले अस्पतालका लागि आवश्यक उपकरण उपलब्ध गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा