३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा ६७.७२ करोडले पाए कोरोनाविरुद्धको खोप

१९ भाद्र २०७८, शनिबार १०:५६

भदौ १९, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७.७२ करोडले लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् । तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरुको भनाइ छ ।

खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या ९७.४३ प्रतिशत हो । भारतमा अहिलेपनि चार लाख पाँच हजार ६८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । 

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’