२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

स्थानीय तह धाउँदै बैंक

२२ भाद्र २०७८, मंगलवार ०५:२०

भदौ २२, काभ्रेपलाञ्चोक (रासस)। सरल कर्जा उपलब्ध गराउने जनाउँदै बैंक स्थानीय तह धाउन थालेका छन् । उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्य राख्दै बैंकहरूले काभ्रेपलाञ्चोकको स्थानीय तहका जनप्रतिनिधिसँग सम्झौता थालेका हुन् ।

यही भदौ ११ गते नबिल बैंकले पनौती नगरपालिका र पाँचखाल नगरपालिकासँग एकैदिन स्थानीय जनप्रतिनिधिसँग सरल कर्जा लगानी गर्ने जनाउँदै विभिन्न शर्त राखी सम्झौता ग¥यो । उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्न आतुर पाँचखाल नगरले वित्तीय संस्थासँगका सम्झौता निकै उपलब्धि मानेको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरूपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकसँग साझेदारी सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको थियो ।

“वित्तीय संस्थासँग लगानीका क्षेत्रमा सम्झौता गर्नु निकै राम्रो हो, नगर विकास, उद्यमशीलता र रोजगारीमा बैंकसँग हातेमालो गर्दै जानेछौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । उहाँका अनुसार सामाजिक रुपान्तरणमा यो अभियानले पनि सार्थकता पाउँदै जानेछ । सम्झौतामा उद्यम गर्न चाहनेलाई आह्वान गरी तालिम तथा अभिमुखीकरण गराएर उद्यमशीलतामा आकर्षण गर्ने उद्देश्यसमेत उल्लेख गरिएको छ । उद्यम गर्न चाहनेले भने स्थानीय तहको सिफारिस लिनुपर्ने नीति बनाइएको छ ।

बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले सरकारको दिगो विकास लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यमशीलताका लागि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । “हामी पनि विकासमा साझेदारी बन्न चाहन्छौँ, यसका लागि स्थानीय तहका ग्रामीण भेगमा जानु अझ उत्तम देखिएको छ”, उहाँले भन्नुभयो । बैंकरले भने यसलाई अन्य वित्तीय संस्थासँगको प्रतिस्पर्धा नठान्न अपिल गरिरहेका छन् ।

बैंकले पनौती नगरसँग सम्झौता गरेकाले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने नगरप्रमुख भीम न्यौपानेले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई नगर विकासमा सहयोग गर्न सबै लाग्नुपर्छ ।” बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले भने अबको एक वर्षमा सफलताका कथा सुन्न आतुर रहेको बताउनुहुन्छ । उहाँका अनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहमा क्रमशः यस्तै प्रकृतिका कार्यक्रम लिएर गइनेछ ।

यस्तै इन्फ्रास्टक्चर बैंक लिमिटेड गत साउन दोस्रो साता पाँचखाल नगरलाई ‘स्मार्ट सिटी’ बनाउने योजनामा लगानी गर्न सात शर्त राखेर सम्झौता गर्यो ।  सार्वजनिक–नीजि साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको हो । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहेपछि आफू पनि साझेदारीमा वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख खरेलले बताउनुभयो ।

खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । “विशेषगरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षण बनाउन सकिन्छ”, खरेलले भन्नुभयो । उहाँका अनुसार बैंकले चाहेमा कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थमा लगानीमा प्रस्ताव गर्न स्थानीयवासीलाई प्रोत्साहित गरिनेछ ।

हाल पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणाधीन अवस्थामा रहेको छ भने मदन भण्डारी अन्तर्राष्ट्रिय विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया सुरु भएको छ । साथै बृहत् सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको छ भने राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको नगरले जनायो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य