२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया, बेलायत र अमेरिकालाई उत्तर कोरियाको चेतावनी

२०७८, ४ आश्विन सोमबार ०५:१९

असोज ४, काठमाडौँ (एजेन्सी) | अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको अकस सम्झौतामाथि हालसम्म रिसाएका चीन र फ्रान्स रिसाएका थिए । अब यस सम्झौताका कारण उत्तर कोरियाले अमेरिकालाई पनि चेतावनी दिएको छ ।

उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै उक्त सम्झौताका कारण उत्तर कोरियाको सुरक्षामाथि असर परेको र यसविरुद्ध कुनै उपाय खोजिने चेतावनी दिएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले विदेश मन्त्रालयका एक नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै सोमबार एक बयान जारी गरेको छ जसमा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको यो सम्झौतालाई ‘निकै खतरनाक कारवाही’ बताएका छन् । यसले एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन नष्ट गरिदिनेछ र ‘हतियारको दौड’ लाई प्रोत्साहन दिने पनि उनले बताएका छन् ।

अधिकारीका अनुसार उत्तर कोरियाले यो सम्झौतामाथि निकै सूक्ष्म ढङ्गले निगरानी गरिरहेको र यदि यसमा उसको देशको सुरक्षामा अलिकति पनि नकारात्मक असर देखिए आफूहरुले यसविरुद्ध कडा कारवाही गर्नेछ ।

जो बाइडेनले अघिल्लो शुक्रबार अष्ट्रेलिया र बेलायतसँग एक सुरक्षा सम्झौताको घोषणा गरेको थियो जसलाई अकस भनिन्छ । यसअन्तर्गत अष्ट्रेलियालाई कम्तीमा आठ परमाणु ऊर्जाद्वारा सञ्चालित पनडुब्बी दिइनेछ ।

यसलाई भारत–प्रशान्त क्षेत्रमा चीनको दबदबालाई कम गर्नका लागि उठाइएको कदमको रुपमा हेरिँदै छ । यसकारण चीन पनि रिसाएको छ । यस्तै, यो सम्झौताले फ्रान्सले अष्ट्रेलियालाई १२ पारम्परिक पनडुब्बी दिने सम्झौता पनि नष्ट पारिदिएको छ । यसकारण फ्रान्स पनि अमेरिका र अष्ट्रेलियासँग रुष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार