७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका लागि गुलेली सङ्कलन अभियान

७ आश्विन २०७८, बिहीबार ०९:००

असोज ७,काठमाडौँ (रासस ) ।  चराचुरुङ्गी वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणका लागि गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गुलेली सङ्कलन अभियान सञ्चालन गरेको छ ।  गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले १४औँ राष्ट्रिय संरक्षण दिवस २०७८ को अवसर पारेर चराचुङ्गी तथा वन्यजन्तुको संरक्षण गराउने उद्देश्यले गुलेली सङ्कलन अभियान सञ्चालन गरेको हो । 

गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना र प्रहरीले आज संयुक्त रुपमा दोलखाको उत्तरी क्षेत्र सिङ्गटी बजारमा गुलेली सङ्कलन अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत सो क्षेत्रबाट ३४ गुलेली र गुलेली बनाउन प्रयोग हुने ३७७ थान रबर सङ्कलन गरेको छ ।  

राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गाउँगाउँबाट गुलेली सङ्कलनको लागि आयोजनाअन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई खटाएको र गाउँगाउँमासमेत गुलेली सङ्कलन भइरहेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । 

सो अभियानअन्तर्गत गुलेली बुझाएर सहयोग गर्नेहरुलाई उचित मूल्यसमेत दिइने आयोजनाले जनाएको छ । गौरीशङ्कर संरक्षण क्षेत्रभित्र रहेका विभिन्न प्रजातिका चराचुङ्गी तथा वन्यजन्तुलाई संरक्षण गराउने उद्देश्यले  यो अभियान सञ्चालन गरिएको आयोजनाले जनाएको छ । गौरीशङ्कर हिमाललाई आधार बनाइ निर्माण गरिएको गैरीशङ्कर संरक्षण क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक गरी तीन जिल्लामा फैलिएको छ ।

यो संरक्षण क्षेत्रमा विभिन्न प्रजातिका चराचुङ्गी तथा वन्यजन्तुको बासस्थान रहेको पाइन्छ । चीनको सीमा तथा हिमाली क्षेत्रसँग जोडिएकाले यस संरक्षण क्षेत्रमा गतवर्ष संरक्षित वन्यजन्तु हिमचितुवा फेला परेको थियो । हिमचितुवा तथा अन्य संरक्षित वन्यजन्तु संरक्षण क्षेत्रमा रहेको हुँदा उनीहरुको संरक्षणको लागि आयोजनाले अभियान सञ्चालन गर्दै आएको छ । 

संरक्षित पक्षी सिकार गरी मारेमा वा घाइते बनाएमा रु १५ हजारदेखि ३० हजारसम्म जरिवाना वा तीन महिना देखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिइ संरक्षित पक्षीबाहेक अन्य पक्षी सिकार गरी मारेमा वा घाइते बनाएमा रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह