असोज ८, काठमाडौं। समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्। परिषद्का पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।
परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए।राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषद्को कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनसमेत आयोजना गरिएको खातीले बताए।