९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलभित्रै झडप हुँदा कम्तिमा २४ को मृत्यु, ४८ घाइते

१३ आश्विन २०७८, बुधबार ११:३९

असोज १३, काठमाडौँ (एजेन्सी)  । इक्वेडरमा जेलमा राखिएका बन्दीहरुबीच गाेली हानाहान हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । त्यस्तै, ४२ जनाभन्दा धेरै घाइते भएका छन् । गुवायस राज्यस्थित गुवायाक्विलमा रहेको जेलमा गोली चलेको हो ।

लस लोबोस र लस चोनेरोस बन्दीहरुबीच विवाद हुँदा गोली र चक्कु हानाहान भएको अधिकारीहरुले बताएका छन् । गर्भनर पाब्लो अरोसमेनाले मंगलबार पत्रकार सम्मेलनमा जेलभित्र कानून व्यवस्थाको प्रत्याभूति दिलाउनका लागि आदेश गरिएको बताए ।

क्षेत्रीय प्रहरी कमाण्डर जनरल फाउस्तो ब्युनानोले केही व्यक्तिको गोली लागेर तथा केहीको हाते ग्रिनेड पड्कता मृत्यु भएको बताए । बन्दीहरुले जेलको झ्यालबाट गोली चलाइरहेको टेलिभिजन फुटेजमा देखिन्छ । इक्वेडरका जेलहरु मेक्सिकोका ड्रग माफियाहरूसँग सम्बन्ध राख्ने बन्दीहरु बीचको रणभूमीजस्तै बनेका छन् ।

गुवायाक्विल शहर दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिकासहितका उत्तर अमेरिकी देशमा कोकिन तस्करी हुने हब बनेको छ । गत साता प्रहरीले दुई पेस्तोल, एउटा रिभल्वर, ५ सय राउन्ड बुलेट, हाते ग्रिनेड,चक्कु तथा बिस्फोट पदार्थहरु गुवायाक्विल शहरका जेलहरूबाट बरामद गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु