२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलभित्रै झडप हुँदा कम्तिमा २४ को मृत्यु, ४८ घाइते

२०७८, १३ आश्विन बुधबार ११:३९

असोज १३, काठमाडौँ (एजेन्सी)  । इक्वेडरमा जेलमा राखिएका बन्दीहरुबीच गाेली हानाहान हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । त्यस्तै, ४२ जनाभन्दा धेरै घाइते भएका छन् । गुवायस राज्यस्थित गुवायाक्विलमा रहेको जेलमा गोली चलेको हो ।

लस लोबोस र लस चोनेरोस बन्दीहरुबीच विवाद हुँदा गोली र चक्कु हानाहान भएको अधिकारीहरुले बताएका छन् । गर्भनर पाब्लो अरोसमेनाले मंगलबार पत्रकार सम्मेलनमा जेलभित्र कानून व्यवस्थाको प्रत्याभूति दिलाउनका लागि आदेश गरिएको बताए ।

क्षेत्रीय प्रहरी कमाण्डर जनरल फाउस्तो ब्युनानोले केही व्यक्तिको गोली लागेर तथा केहीको हाते ग्रिनेड पड्कता मृत्यु भएको बताए । बन्दीहरुले जेलको झ्यालबाट गोली चलाइरहेको टेलिभिजन फुटेजमा देखिन्छ । इक्वेडरका जेलहरु मेक्सिकोका ड्रग माफियाहरूसँग सम्बन्ध राख्ने बन्दीहरु बीचको रणभूमीजस्तै बनेका छन् ।

गुवायाक्विल शहर दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिकासहितका उत्तर अमेरिकी देशमा कोकिन तस्करी हुने हब बनेको छ । गत साता प्रहरीले दुई पेस्तोल, एउटा रिभल्वर, ५ सय राउन्ड बुलेट, हाते ग्रिनेड,चक्कु तथा बिस्फोट पदार्थहरु गुवायाक्विल शहरका जेलहरूबाट बरामद गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने