९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण काेरियासँग मेलमिलाप गर्ने किमकाे जोडदार तयारी

१४ आश्विन २०७८, बिहीबार ०९:११

असोज १४, काठमाडौँ (एजेन्सी)  । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएका छन्। उनले साे कुरा उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला बताएका हुन्।

उत्तर कोरियाले यो वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्यास गरेपछि यो हटलाइन बन्द गरेको थियो । संसद सत्रका बेला किम जोङ उनले अमेरिकामाथि आरोप लगाउँदै उसले कोरियाप्रति आफ्नो ‘शत्रुतापूर्ण नीति’ परिवर्तन नगरीकनै कुराकानीको प्रस्ताव राखेको बताए ।

सरकारी समाचार संस्था केसीएनएले किम जोङ उनलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकाले कूटनीतिक सम्बन्धबारे कुरा गरिरहेको छ र तर यो अन्तरराष्ट्रिय समुदायलाई धोका दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने सानो कदम हो । यो अमेरिकी प्रशासनद्वारा लगातार आपनाइएको शत्रुतापूर्ण नीतिकाे विस्तार हो ।’

यद्यपि, किम जोङ उन दक्षिण कोरियासँग शान्तिको सशर्त प्रस्तावमा अघि बढेको देखिएको छ । केसीएनएको रिपोर्टमा भनिएको छ, ‘किम जोङ उनले कोरियाको दुई देश बीच हटलाइनलाई अक्टोबर अघि बहाल गर्ने इच्छा व्यक्त गरेका छन् । तर दुई देशको सम्बन्धलाई बहाल गरिने वा वर्तमान स्थितिझैं बिग्रिरहन दिने भन्ने कुरा चाहिँ दक्षिण कोरियाको अधिकारीको व्यवहारमा निर्धारण गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु