९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता

१४ आश्विन २०७८, बिहीबार ०९:५५

असोज १४, काठमाडौँ  (एजेन्सी)। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्डोगानबीच भेटवार्ता भएको छ। उनीहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यहरुका बारेमा कुराकानी भएको बताइएको छ। उनीहरुबीच पछिल्लो समयमा सिरियाल र लेबनानका विषयमा भएको सहकर्यका विषयमा कुराकानी भएको बताइएको छ।

प्राप्त समाचारअनुसार उनीहरुकाबीचमा भएको कुराकानीले आगामी दिनमा पनि सो सहकार्यले निरन्तरता पाउने सहमति भएको बताइएको छ। रुस र टर्कीको संयुक्त सैन्य समूहले पछिल्ला केही वर्षयता सिरियामा सहकार्य गरिरहेको छ। सिरियामा अतिवादीहरुका विरुद्धमा यी दुई देशबीचको सेनाले संयुक्त सैन्य कारबाही पनि गर्दै आएको छ।

सिरियामा जारी रहेको सैन्य र अन्य सहकार्य सफल रहेको निष्कर्ष पनि दुई नेताहरुले निकाल्नु भएको थियो। टर्कीस् राष्ट्रपति एर्डोगानले रुसी राष्ट्रपति पुटिनसँग सैन्य, व्यापार तथा लगानीका अन्य विषयहरुमा पनि कुराकानी भएको बताएका थिए।

उनले लामो समयपछि भएको यो उच्चस्तरीय भेटवार्ता द्धिपक्षीय सम्बन्धको विकास र विस्तारका लागि ठूलो सहयोग पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु