असोज १७, एजेन्सी। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतर्तेले आगामी वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा प्रतिष्प्रर्धा नगर्ने बताएका छन् । उपराष्ट्रपतिमा उम्मेदवारी दिन भन्दा राजनीतिबाटै सन्यास लिन उपर्युक्त हुने उनले बताए । गत महिना राष्ट्रपति दुतर्तेले आगामी सन् २०२२ मा हुने निर्वाचनमा उपराष्ट्रपतिमा प्रतिष्प्रर्धा गर्न सक्ने संकेत गरेका थिए ।
आमफिलिपिनी भावना कदर गर्दै उपराष्ट्रपतिमा नउठ्ने उनले बताएका छन् । उनी फेरि राष्ट्रपतिका लागि उम्मेदवार हुन देशको संविधान बाधक छ । आफू उपराष्ट्रपतिका लागि ‘अयोग्य’ भएको उनले बताएका छन् ।
फिलिपिन्सको संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ६ वर्ष हुन्छ र अर्को पटक पुनः प्रतिष्प्रर्धा गर्न पाइँदैन ।
दुतेर्तेले छोरीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने आशंका पनि बढेको छ । उनकी छोरी सारा दुतेर्ते दक्षिणी सहर कारपियोको मेयर हुन् । उनले राष्ट्रपति चुनावमा उम्मेदवारी दिने संकेत गरिसकेकी छिन् ।
अपराध नियन्त्रण गर्ने र दुव्र्यसनी उन्मूलन गर्ने वाचासहित दुतर्ते सन् २०१६ मा राष्ट्रपति भएका थिए । दुव्र्यसनीबिरुद्ध युद्ध नै घोषणा गरेका दुतेर्तेले हजारौं शंकास्पदको गैरन्यायिक हत्यामा प्रहरीलाई दुरूत्साहन गरेको आरोप लाग्दै आएको छ ।