५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

१७ वर्षमै १३६ केजीका भए गणेश, मोटोपन बढिरह्यो भने के गर्ने परिवारलाई चिन्ता

१७ आश्विन २०७८, आईतवार ०६:४६

असोज १७ , मोरङ , न्युज कारखाना । सामान्यत १७ वर्षीय नेपाली किशोरको तौल कति हुन्छ ? तपाइँहरूलाई लाग्न सक्छ, ४० केजी या ५० केजी वा त्योभन्दा बढी ? तपाइँहरूलाई पत्याउन गाह्रो पर्ला– मोरङ मिक्लाजुङ—४ का गणेश तामाङको तौल एक सय ३६ केजी छ भनेर सुन्दा । 

धेरै तौल भएकै कारण तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न पनि डेढ घण्टा लाग्छ । औसत मानिस त्यति बाटो १० मिनेटमा छिचोल्छन् । यही कारण उनलाई स्कुल पढ्न छोडौँ–छोडौँ जस्तो लाग्छ । उनी मोरङको मिक्लाजुङढ्ग–४ सफेवा माध्यामिक विद्यालय कक्षा–१० मा पढ्छन् ।

विद्यालयका प्रधानाध्यापक कुलबहादुर तामाङका अनुसार गणेश कक्षा– १ मा पढ्दा नै ६० किलोका थिए । जन्मिएको ७ महिना मै गणेशको तौल ३० केजी भइसकेको थियो। गणेशको खानपान र दैनिकी सामान्य छ । घरको सानातिना काममा पनि उनी सघाउँछन् । तर, उनको शरीरले चाहेअनुसार काम गर्न दिँदैन । गणेश भन्छन्, ‘विद्यालय जान र आउन नै गाह्रो लाग्छ ।’

मोटो शरीर भएकाले उनको नाम नै गणेश राखिदिएको बाबु मानबहादुरले बताए । तर, गणेश नामबाट उनी अहिले सन्तुष्ट छैनन्। उनले भने, ‘धेरैले हात्ती भनेर जिस्क्याउँछन्।’

मोटो भएकोले उनलाई स्कुलका अधिकांश विद्यार्थीले नजिकबाट चिन्छन् । स्थानीय महेन्द्र थेगीम भन्छन्, ‘गणेश मोटो छ, हिँड्दा हल्लिँदै हिँड्छ । नयाँ मान्छेले देखे भने एकछिन उभिएर हेर्छन ।’ 

स्कुलमा कोही पाहुना आए भने उसँग सेल्फी खिच्ने गर्छन् । गणेशको पढाइ भने सामान्य रहेको विद्यालयका प्रधानाध्यापक तामाङले बताए । शिशु कक्षादेखि सोही विद्यालयमा पढ्दै आएका गणेशको तौल केही वर्षयता आश्चर्य ढंगले बढिरहेको छ।

मानबहादुरका दुई छोरा र दुई छोरी छन् । अरू सबैको तौल औसत मानिसको झैँ छ । गणेशको तौल नियन्त्रण गर्नका लागि उपचार गराउनसमेत आर्थिक अभाव रहेको उनकी दिदी सरस्वतीले बताइन् ।‘भाइ धेरै पढेर शिक्षक बन्छु भन्छ। आर्थिक अभावले पढाउन र उपचार गर्न समस्या छ,’ सरस्वतीले भनिन्, ‘गाउँको पढाइ सकेर अन्यत्र गएर पढाउन भाइलाई मोटो शरीरले गाह्रो हुन्छ ।’१७ वर्षको उमेरमै उनको तौल एक सय ३५ किलो पुगिसकेको छ । उनको तौल यही हिसाबले बढ्ने हो भने के होला ? तामाङ परिवारका लागि अहिले ठूलो चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य: राष्ट्रपति पौडेल काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक