असोज २१ , काठमाडौँ, एजेन्सी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा एकाबिहानै शक्तिशाली भूकम्प गएको छ।भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ। बिहीबार एकाबिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।
क्वेटा शहरमा मानिसहरु भागाभाग गरेको दृष्य सामाजिक सञ्जालमा आएका छन्। प्रारम्भिक रिपोर्टमा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको अनुमान गरिएको छ।
क्वेटा शहरदेखि १७० किलोमिटर टाढा हरनाई भन्ने स्थानमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ। भूकम्पबाट भएको क्षति विस्तृत विवरण आउन बाँकी छ।