2026-06-30 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः बेलायत

2021-10-07

असोज २१ ,काठमाडौँ (एजेन्सी)। आफ्नो देशतर्फ आउँदै गरेको करिव ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरूमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षडयन्त्र गरेको बेलायतले आरोप लगाएको हो । 

बेलायततर्फ लैजाँदै गरिएको एस्ट्राजेनेकाको खोपको ठूलो व्याच नेदरल्याण्ड्सबाट ‘डाइर्भट’ गरिएको वेलायतको दाबी छ । राष्ट्रपति म्याँक्रोले एस्ट्राजेनेका खोप खासै प्रभावकारी नभएको भन्दै अफवाह चलाएको र युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयानले फाईजरलाई बेलायत पठाउन रोक्ने चेतावनी दिएको बेलायतको दाबी छ । 

२२ मार्चमा एस्ट्रजेनेकाका प्रमुखले लाखौं डोज खोप वेलायत पुग्ने अनुमान गरे पनि त्यो अन्तिम गन्तव्यमा नपुगी फर्काइएको बेलायतको दाबी छ । खोप फिर्ता हुँदा बेलायतलाई ठूलो नोक्सान भएको उसको भनाइ छ । तर, बेलायतको आरोपलाई एस्ट्रजेनेकाले अस्वीकार गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ