२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार १० लाख पाउने

२०७८, २४ आश्विन आईतवार ०६:१६

असोज २४, काठमाडौँ, न्युज कारखाना |  मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यसपटक एक सय सातजनाले आवेदन दिएका थिए । प्रतियोगितामा नेपालसँगै युएसए, क्यानाडा, जर्मनी, चेक रिपब्लिक, अस्ट्रेलियाबाट समेत सुन्दरीहरू सहभागी भएका छन् । छनाेट भएका टप १८ मा अनुष्का अधिकारी, प्रतीक्षा महरा क्षेत्री, ब्रिस्टी आचार्य, आर्या निशान्त, सदीक्षा खड्का, अनिशा पौडेल, स्मारिका कार्की, स्वीकृति खड्का, मन्दिरा कार्की, निनाकान्त मण्डल, विभूति गौतम, सागरिका मल्ल, सुजिता बस्नेत, समिता न्यौपाने, सगुन गुरुङ, केशु खड्का, रक्षा उप्रेती र प्रतिमा पन्थी छिन् । 

'हामीले अघिल्लो पटक सम्पन्न गरेको संस्करणले प्रतियोगितालाई अझै लोकप्रिय बनाएको छ,' प्रतियोगिताकी कन्ट्री डिरेक्टर नग्मा श्रेष्ठले बताइन\ । मिस युनिभर्स नेपालको टाइटल नेपाल ल्याउने श्रेय उनलाई जान्छ भने उनी नै पहिलो मिस युनिभर्स नेपाल हुन् । 'मैले आफ्नै पहलमा ल्याएको प्याजेन्ट भएकाले पनि यसको हरेक पक्षमा मैले विशेष ध्यान दिने गरेकी छु,' नग्मा भन्छिन्, 'म प्रतियोगी हुँदै कन्ट्री डिरेक्टर भएकाले पनि प्रतियोगितालाई बुझेकी छुँ ।'

उनले छानिएका १८ सुन्दरीलाई आउँदो २० अक्टोबरबाट क्लोज क्याम्पमा राखिने र उनीहरूलाई ३० तारिखमा फाइनलमा प्रतिस्पर्धा गराउने बताइन् । 'फाइनलमा टप १८, १० हुँदै टप पाँचबाट विजेता घोषणा हुनेछन्,' नग्माले भनिन् । विजेताले १० लाख बराबरको पुरस्कार पाउने छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा