२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीको इनरुवा तनाबग्रस्त

२०७८, २४ आश्विन आईतवार ०७:३४

असोज २४, काठमाडौँ | सुनसरीको इनरुवाको अवस्था तनाबग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेको घटनापछि अहिले इनरुवाको अवस्था तनाबग्रस्त भएको हो।

केहीदिन अगाडि पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ का २५ वर्षे हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा गाम्छाको पासो लगाएर आत्महत्या गरेपछि इनरुवाको अवस्था तनाबग्रस्त भएको हो। इनरुवा तथा आसपासका बासीन्दाले आज बिहानैदेखि इनरुवा बजार बन्द गरि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेपछि तनाबग्रस्त भएको हो।

प्रर्दशनकारीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि केही बेर अघि प्रहरीले लाठी चार्ज र केही राउन्ड अश्रृग्यास प्रहार गरि भीड तितरवितर पारेपनि फेरि प्रदर्शनकारीले संगठीत भएका छन्। उनीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन जारी राखेका छन्।

स्थिती नियन्त्रण बाहिर जान नदिनका लागि राजनीतिक दलका नेतृत्वले प्रयास गरि रहेपनि सम्भव हुन सकेको छैन। संघीय सांसद सीताराम मेहताले संसदीय छानविन समिति गठन गर्न दबाब दिने र स्थिती सहज बनाउन प्रदर्शनकारीलाई आग्रह गरि रहेको बताए।

इनरुवा वडा नं. ९ बबियाका एक युवतीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरेको थियो। पक्राउ परेका हकिवले पसो लगाएर आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ। तर, युवकका आफन्तले भने प्रहरी हिरासतमा प्रहरीले नै मारेको अरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा