५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो दसैँमा पनि छोरा आएन…

३१ आश्विन २०७८, आईतवार ०३:३२

असोज ३१, दाङ | ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका १ गंगटेका उनको अनुहारमा छोराको सम्झनाले यस्तै आकृति कोर्न थालेको १० वर्ष भयो । यो दसैँमा पनि उनीहरूले छोरा आउन आसमारेका छैनन् । तर, आउने सम्भावना क्षीण छ ।

चाडपर्व आयो कि छोराको सम्झनाले उनलाई बढी सताउँछ । ‘अरु समयमाभन्दा बढी चाडपर्व नजिकिँदै जाँदा छोराको याद बढी आउँछ’, उनी भन्छन्, ‘बुढेसकालको सहारा छोरा कहाँ छ, कुनै अत्तोपत्तो छैन् ।’ खड्काको घरमा अहिले तीनजनाको परिवार छ । एक नातीसहित खड्का दम्पती अहिले दुःखसुखमा बाँचिरहेको छ । आजभन्दा करिब १० वर्ष अघि धन कमाउन घरबाट निस्केको छोरा अहिलेसम्म घर आएको छैनन् । छोराको माया र सम्झना नातिलाई हेरेर मन बुझाउँदै छन्, खडका परिवार ।

उनीहरूलाई अघिपछिका दिनहरूमाभन्दा चाडपर्व नजिकिँदै गर्दा गाउँमा छिमेकीको छोरा परदेशबाट फर्किएको देख्दा भक्कानो छुट्छ । ‘अरु दिनहरूमा जसोतसो मन बुझाएका छौँ, तर चाडपर्व नजिकिँदै गरेको समयमा गाउँमा छिमेकीका छोराहरू घरमा आउने बेला छोरा पनि आउँछ कि भन्ने आश लागिरहन्छ’, खड्का दम्पतिले भने–‘बुढेसकालको सहारा छोरा १० वर्षदेखि सम्पर्कविहीन छ, के गर्नु अब त फर्किने आश पनि मर्न थालिसक्यो ।’

दश वर्षअघि धन कमाउन घरबाट निस्केका छोरा दिलबहादुरले परिवारलाई कुन ठाउँमा जाने भन्ने केहि बताएनन् । घरबाटै बिहानै निस्केका उनी आजसम्म फर्किन नसकेपछि बुहारी पनि अर्कैसँग बिहे गरेर गएको खड्काले बताए । 

‘सानो छोरालाई छोडेर बुहारी पनि अर्कैसँग गइसकेकी छ’, उनले ‘बुहारीले पनि सानो नातिलाई छोडेर गएपछि बुढाबुढीको सहारा नाति भएको छ ।’ उमेरले ६० वर्ष पार गरिसकेका खड्का दम्पतिले सानो नातिलाई हेरेर मन बुझाउने गरेका छन् । 

‘म ५० वर्षको हुँदा छोरा घरबाट निस्केको हो, अहिले म ६० वर्षको भइसकेँ’, उनले भने, ‘अब त नाति पनि ठूलो हुँदै गएको छ, केही मन भुलाउने बाटो भएको छ ।’

छोराको खोजीका लागि विभिन्न निकायमा धाउँदा पनि कतै पत्ता नलागेपछि निराश भएर बस्नुको विकल्प नभएको खड्का दम्पतीले बताए । ‘खै किन फर्किएनौ छोरा, मनले मनलाई प्रश्न गरिरहेको छ’, उनीहरूले भने, ‘जहाँ भए पनि बुवा आमाको माया छ भने घरमा फर्की आऊ, हामी तिम्रै पखाईमा छौँ छोरा ।’

‘छोरा घरमा फर्कने आशामा सास नै रोकिन्छ कि भन्ने लागेको छ’,  गहँभरी आँशु पार्दै खड्काले भने, ‘धनले छोरालाई पराइ बनाईदियो, हाम्रो सहारा नै टाढा भएपछि अब त जिन्दगीसँग हार खाइसकेका छौँ ।’ 

छोरा धन कमाएर परिवारकै सुखका लागि यसअघि पनि वैदेशिक रोजगारीमा गएको खड्का दम्पतिले बताए । ‘बुवाआमा र श्रीमती, छोरालाई सुखमा राख्नका लागि छोरा पहिले पनि विदेशमा धन कमाउन गएको थियो’, उनीहरू भन्छन्, ‘घरमा १/२ वर्ष बसेपछि फेरि धन कमाउनकै लागि छोरा घरबाट निस्किएको हो । तर, जानेबेलामा केही नभनि निस्केको हो । श्रीमतीलाई पनि भनेको थिएन् रे ।’ छोरा आउने आशामा अहिले दिन गन्दै बसका खड्का दम्पतीलाई बुढेसकालले छुँदै गएपछि दैनिक जीवनयापन गर्न समस्या परेको छ । उनीहरूलाई घरमा खाने रासनसमेत ल्याउन समस्या हुन थालेको छ । घरमा सानो नातिमात्रै भएपछि खानका लागि चाहिने रासन ल्याउन आफैँ बजारसम्म पुग्ने गरेको उनले बताए । 

‘घरमा कोही नभएपछि एक दिनको बाटोे हिँडेर बजारबाट खाद्यान्नका सामाग्रि ल्याउने समस्या पर्ने गरेको छ’, उनले भने, ‘अब ताकत पनि गइसकेको छ, छोरा नभए पनि जसोतसो जीवन चलाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाए बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन