८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा ओली

८ मंसिर २०७८, बुधबार ११:१५

मंसिर ८, काठमाडौँ | प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा वीरेन्द्र ओली सर्वसम्मतिले निर्वाचित भएका छन्। आज भएको प्रतिष्ठान प्रदेशको तेस्रो अधिवेशनले ओलीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हाे।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रघुनाथ बजगाईँ, खुल्ला उपाध्यक्षमा शम्भु दंगाल, समावेशी उपाध्यक्षमा छत्रबहादुर श्रेष्ठ, प्रमुख सचिवमा तुलसी सापकोटा, कोषाध्यक्षमा रामचन्द्र बस्नेत र सचिवमा विमल खड्का, विजय फुयाँल, अशोक घिमिरे, विवेक लोप्चान, पार्वती खड्का, विजय यादव र लक्ष्मण दर्नाललाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मैनबत्ती बालेर गरेका थिए। साथै अधिवेशनको उद्घाटन गर्दै मन्त्री पौडेलले पत्रकारहरूले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षमा कलम चलाउँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्दै जनतालाई सुसूचित गराउनुपर्ने बताए।

कार्यक्रममा प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा वर्तमान कार्यालय सदस्य बलराम थापा, कार्यालय सदस्य सचिन रोका र विदुर खड्काको उपस्थिति रहेको थियो । त्यस्तै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, प्रेस सेन्टरका नेता मनोज घर्तिमगर, बुद्ध लोप्चान, नेपाल पत्रकार महासङ्घ काठमाडौँ र ललितपुर शाखाका अध्यक्षद्वय सूर्य सुवेदी र सागर न्यौपानेलगायत थुप्रै नेताहरूको उपस्थिति रहेको थियो ।प्रेस सेन्टर नेपालको १ नं. प्रदेश, २ नं. प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, उपत्यका प्रदेश, एशोसिएट्स प्रदेश र प्रतिष्ठान प्रदेश गरी १० वटा प्रदेश कमिटीहरू रहेका छन् । प्रतिष्ठान प्रदेश अन्तर्गत रेडियो नेपाल शाखा, नेपाल टेलिभिजन शाखा, रासस शाखा, गोरखापत्र शाखा, अनलाइन शाखा, रेडियो शाखा र टेलिभिजन शाखा गरी ७ वटा शाखाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा