८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू

९ मंसिर २०७८, बिहीबार ०५:२२

मंसिर ९, काठमाडौं, न्युज कारखाना | आज (बिहीबार) २५ नोभेम्बर अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा तोकेको छ । 

महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार हुन्छन् भन्ने तथ्यबारे सचेतना फैलाउने उद्देश्यका साथ यस दिन विश्वभर यो दिवस मनाइने गरिन्छ ।

सन् १९६० मा राजनीतिक कार्यकर्ताहरूले डोमिनिकन रिपब्लिकका तीन मीराबल बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेको दिनको सम्झनमा यस दिवस मनाइने गरिन्छ । त्यस समय  डोमिनिकनको शासक रहेका राफेल ट्रुजिलोको आदेशमा मीराबल बहिनीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

सन् १९८१ मा ल्याटिन अमेरिकी र क्यारिबियन नारीवादी कार्यकर्ताहरूले २५ नोभेम्बरलाई महिलाविरुद्ध भएका हिंसाको विरुद्ध लड्न र जनचेतना फैलाउने दिनको रूपमा स्थापित गरेका थिए । महिला अधिकारकर्मीहरूले १९८१ देखि नै २५ नोभेम्बरलाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । 

७ फेब्रुअरी २००० मा भने संयुक्त राष्ट्रसंघको महासभाले यस दिवसको प्रस्तावलाई पारित गर्दै २५ नोभेम्बरलाई आधिकारिक रूपमा महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो ।

त्यसयता हरेक वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ । त्यस्तै मंगलबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसमेत सुरू भएको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानकको रुपमा विश्वभर मनाउने गरिएको छ । 

यो १६ दिन महिला हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी अभियानकै रूपमा सञ्चालन गरिन्छ । नेपालमा यो १६ दिन विभिन्न संघसंस्था तथा संघ, प्रदेश र स्थानीय सरकारले गोष्ठी तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा