२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमै याैन हिंसा व्याप्त, मन्त्रालयभित्रै कर्मचारी बलात्कृत

२०७८, १४ मंसिर मंगलवार ०९:५६

एजेन्सी | अष्ट्रेलियाको संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त बनेको देखाएको हो ।

‘सेट दी स्ट्यान्डर्ड’ शीर्षकमा मंगलबार छापिएको करिब ४५६ लामो रिपोर्टले संसदका एक तिहाई महिला यौनजन्य हिंसामा पर्ने गरेको देखाएको हो । संसदभित्रका करिब ६३ प्रतिशत महिला कर्मचारीले बुलिङ, यौनजन्य हिंसा र यौन दुराचारको हिंसा खेप्नु परेको रिपोर्टमा उल्लेख छ । तुलनात्मकरुपमा संसदभित्र हुने महिला कर्मचारीको संख्याभन्दा बढि हिंसा भएको रिपोर्टले जनाएको छ ।

संसदकी पूर्वकर्मचारी ब्रिट्नि हिगिन्सले यस वर्षको सुरुवातमा आफू मन्त्रालयकै सहकर्मीबाट बलात्कृत भएको बताएपछि सो अध्ययन प्रतिवेदन अघि बढेको थियो । उनले दिएको उजुरीपछि संसदभित्रै यौनजन्य हिंसा भएको सम्बन्धमा अन्य कर्मचारीहरुले दिएको आरोप व्यापक बनेको थियो ।

सो हिंसामा परेका पीडित महिलाको अवस्था असामान्य रहेको अष्टेलियाकी यौन दुराचार आयुक्त केट जेन्किन्सले बताएकी छन् । ‘संसदभित्रै भोग्नुपरेको त्यस्तोखाले हिंसाले उनीहरुको टिम र आन्तरिक रुपमा दरार पैदा गरेको छ ।

‘सो हिंसा हाम्रो राष्ट्रको हितविपरित छ,’ केटले भनेकी छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ रिपोर्टले निकै भयानक तथ्य सार्वजनिक गरेको बताएका छन् । यसअघि संसदका महिलामाथि असमान असर पर्ने काम गरेको भन्दै प्रधानमन्त्री मोरिसनमाथि ‘लठेग्रो र बहिरो’को आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ