2026-08-24 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ: अर्थविद

पुस २, काठमाडौँ | मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख रहेको अर्थविद्हरू बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शुक्रबार ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे’ अर्थविद्हरूसँग भएको छलफलमा अर्थविद्हरूले अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक देखिएकाले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पर्न सक्ने सङ्केत देखिन थालेको बताएका हुन् ।  

छलफलमा अर्थविद् डा.चन्द्र मणि अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दी आउने सङ्केत देखिएकाले विश्व अर्थतन्त्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि असर पारेको बताए । अर्थविद् अधिकारीले विश्व अर्थतन्त्रमा नै उत्पादनमा कमी, मूल्य वृद्धि , बैंकहरुमा ब्याजदर बढ्दै गएको उल्लेख गरे । अहिले सरकारले विदेशी मुद्रा सञ्चिति राम्रो भएको,शोधान्नातर स्थिति राम्रो, चालु खातामा बचत रहेको र राजश्व बढेकाले अर्थतन्त्र ठिक ठाउँमा रहेको बताउने गरेको भए पनि अहिले त्यस्तै अवस्था नभएको बताए । अर्थविद् अधिकारीले भने,’क्षेत्रगत रूपमा प्राथमिकरण भएन भने हामी अझ ठुलो सङ्कटमा जान्छौँ । अनौपचारिक तरिकाले भएको मूल्यवृद्धिको तथ्याङ्क हामीसँग छैन । त्यो अझ डरलाग्दो छ ।’

अर्थविद् अधिकारीले नेपालमा सङ्घीयता लागू भए पनि प्रणाली राम्रो नभएको बताए । उनले संविधानले नै सङ्घीय संरचना भद्दा बनाएको जिकिर गरे । उनले सङ्घीयताका कारण प्रशासनिक हिसाबसमेत ठुलो बन्दै गएको बताए । अधिकारीले एउटा प्रदेशमा १४ वटासम्म मन्त्रालय बनाउँदा मुलुकको थप समस्या आउने बताए । 

त्यस्तै अर्का अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक चङ्गुलले अर्थतन्त्र तहसनहस भएको बताए । उनले विश्व धेरै मुलुकको अर्थतन्त्र राम्रो बनाउनको लागि राजनीतिक समझदारी बनाएर अगाडी बढ्ने गरेको बताए । अर्थविद् क्षेत्रीले भने, ‘नेपालको राजनीतिक चङ्गुलले अर्थतन्त्र तहसनहस भएको छ। अहिले कुनै पनि अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेका छैन । सूचकहरू राम्रो बनाउनको लागि स्थिर राजनीतिक हुनुपर्छ ।  विश्व धेरै मुलुकको अर्थतन्त्र राम्रो बनाउनको लागि राजनीतिक समझदारी बन्ने गरेको छ। राजनीतिक समझदारीकै आधारमा अर्थतन्त्र अगाडि बढ्छ । नेपालमा धेरै राजनीति मात्रै गर्ने गरिन्छ तर, मुलुकको अर्थतन्त्रको विषयमा कुनै योजनाका विषयमा एजेन्डा नै बन्दैनन्। अब नेपालका राजनीतिक दलहरुले आर्थिक एजेन्डामा छलफल गर्नुपर्छ । हाम्रो राजनीतिक प्रणाली मात्र होइन बजेट प्रणाली वर्षौं वर्षदेखि उस्तै छ । यो सुध्रन सकेको छैन । आयोजना र कार्यक्रम छनोटदेखि कार्यान्वयन प्रक्रियासम्म समस्या छन् । सरकारको व्यापार नीति स्पष्ट छैन । नेपालले केही वस्तुको आयातमा प्रतिबन्ध नै लगाउनु पर्छ । राष्ट्रिय योजना आयोग पहुँचवालाको चङ्गुलमा नाचिरहेको छ ।’

अर्थविद् डिल्लीराज खनालले बैङ्किङ क्षेत्रको लगानी बढेको तर, उत्पादन मूलक क्षेत्रमा नगएकाले बजारमा तरलता अभाव भएको बताए । खनालले बैङ्क तथा वित्तीय क्षेत्रले कर्जा लगानी व्यापक बढाउने तर कर्जा लिएको निजी क्षेत्रले उत्पादन उद्योग,आर्थिक क्षमता विकास गर्ने क्षेत्रमा लगानी नभएकाले अर्थतन्त्रमा सङ्कट आएको बताए । उनले बैङ्किङ कर्जा आयातमा लगानी हुँदा आयात बढेको र राजश्व पनि बढ्यो बताए । 

त्यस्तै अर्थविद् डा.पोषराज पाण्डेले सरकारी निकायबाट हुने अर्थतन्त्रको मूल्याङ्कन यथार्थवादी हुनुपर्ने बताए । डा. पाण्डेले सरकारले आर्थिक सूचकहरू मूल्याङ्कन गर्दा यर्थाथमा गएर गर्ने नगरेको उल्लेख गरे । उनले सरकारले नै यथार्थवादी भएर सूचक मापन गर्दा थप समस्या आउने गरेको बताए । उनले मुलुकको अर्थमन्त्री पुँजीगत खर्च बढाउन नसक्ने तर ७ प्रतिशत आर्थिक वृद्धिदर हुने बताए । उनले विश्व बैङ्क लगायत अन्तर्राष्ट्रिय मापकहरूले २ देखि ३ प्रतिशत हुन्छ भनी रहेको अवस्थामा ७ प्रतिशत हुन्छ भन्न नहुने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते