पुस १६, काठमाडौँ | राप्रपाले पार्टीका ४ जना नेतालाई निष्काशनकाे घाेषणा गरेकाे छ। जिल्ला तहका चार नेतालाई निष्काशन गर्ने राप्रपाले घोषणा गरेकाे हाे।
शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो।
पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले उनीहरुलाई निष्काशन गरिएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।