पुस २६, भक्तपुर | नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, भक्तपुर | नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियत"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मध्यपुरथिमिमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

२७ पुष २०७८, मंगलवार १०:३७

पुस २६, भक्तपुर | नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियतालाई सधैँ उच्च राख्ने दायित्व देशका हरेक नागरिकको भएको औँल्याउनुभयो । 

भावी पुस्तालाई पनि राष्ट्रिय गौरबको काम गर्दै देशको नाम उच्च राख्न प्रेरित गर्नुपर्ने औल्याउँदै उहाँले खेल र उत्कृष्ट खेलाडीको जीवनीलाई विद्यालयस्तरदेखिनै पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल एवम् खेलाडीको विकासका लागि विगतमा पनि सहयोग गर्दै आएको र अहिले पनि सहकार्य गरेको बताउनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टसको एकैचोटी हुने प्रतियोगितामा विभिन्न जिल्लाबाट २२ वटा समूहमा १४० खेलाडीको सहभागिता रहेको जानकारी दिनुभयो ।

आजदेखि २९ गते अन्तिम खेल सञ्चालन हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी वजन समूमा प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

विजयीमध्ये महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० वटा पदक प्रदान गरिनेछ । 

सो अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई नेपाल भारोत्तोलन सङ्घले सम्मान गरेको छ । सङ्घका अध्यक्ष श्रेष्ठले उहाँलाई ताम्रपत्र प्रदान गरेर सम्मान गर्नुभएको हो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता रामकाजी त्वातीलगायतलाई सम्मान गरिएको थियो । 

त्यस्तै भारोत्तोलनमा पहिलो स्वर्ण पदक बिजेता कमल अधिकारी, महिलातर्फ सञ्जु चौधरी र विकास थापालाई जनही रु १० हजार पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ