भदौ ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयहरुले तयार पारेको कार्ययोजना जनअपेक्षाअनुरूप नभएको भन्दै फिर्ता गरेका छन् ।

शपथ लिएको तेस्रो दिन साउन २३ मा प्रधानमन्त्री दाहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयहरुले तयार पारेको कार्ययोजना जनअपेक्षाअनुरूप नभएको भन्दै फिर्ता गरेका छन् ।

शपथ लिएको तेस्रो दिन साउन २३ मा प्रधानमन्त्री दाहा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीद्वारा मन्त्रालयहरूको कार्ययोजना फिर्ता

९ भाद्र २०७३, बिहीबार ०१:२३

भदौ ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयहरुले तयार पारेको कार्ययोजना जनअपेक्षाअनुरूप नभएको भन्दै फिर्ता गरेका छन् ।

शपथ लिएको तेस्रो दिन साउन २३ मा प्रधानमन्त्री दाहालले सबै मन्त्रालयका सचिवलाई जनअपेक्षा सम्बोधन गर्ने गरी कार्ययोजना ल्याउन निर्देशन दिएअनुसार क्षेत्रीय प्रशासन कार्यालय, विभिन्न विभाग र मन्त्रालयसहित ५८ वटा निकायले कार्ययोजना बुझाएका थिए। तर, ती कार्ययोजनामा आम नागरिकलाई छुने गरी लोकप्रिय कार्यक्रम नभएको भन्दै प्रधानमन्त्री दाहालले सचिवहरूप्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्री दाहालको असन्तुष्टिपछि मन्त्रालयहरूले कार्ययोजना पुनर्लेखन गर्नुपर्ने भएको छ।

‘सरकारको प्रभावकारी उपस्थिति देखिने गरी थोरै र राम्रो कार्यक्रम ल्याउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो,’ प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले भने, ‘अपेक्षा मिट नभएपछि अधिकांशलाई कार्ययोजना पुन: लेखन गर्न भनिएको छ ।’ उनका अनुसार विभिन्न निकायका सचिव र सहसचिवलाई प्रधानमन्त्री कार्यालयमा डाकेर प्रधानमन्त्रीको मनसाय बुझाउने काम पनि भइरहेको छ ।

कार्ययोजना आएपछि सरकारको कार्यक्रम ल्याउने प्रधानमन्त्रीको तयारी छ । ‘प्रधानमन्त्री हतारिनुभएको छ । उहाँले जतिसक्दो चाँडो कार्यक्रम ल्याउन अह्राइराख्नुभएको छ,’ स्रोतले भन्यो, ‘ भदौ ६ गतेको सचिव बैठकमा पनि परिवर्तित सरकारको सोचअनुसार तालमेल मिल्ने कार्ययोजना छिटो ल्याउन उहाँले निर्देशन दिनुभएको छ ।’

यसअघि नै बजेट र कार्यक्रम आइसकेकाले मन्त्रालयहरूलाई भने प्रधानमन्त्रीको मनसायअनुसार कार्ययोजना तयार पार्न हम्मे परेको छ । ‘पहिले निर्देशन मात्रै आयो, गाइडलाइन आएन,’ कार्ययोजना पुन: तयार पार्न व्यस्त एक सहसचिवले भने, ‘कार्ययोजना तयार पारेर बुझाएपछि गाइडलाइन आएकाले त्यसमै व्यस्त भएका छौं ।’

प्रधानमन्त्री कार्यालयले ‘गरीबसँग सरकार’ नारालक्षित कार्यक्रम ल्याउन भनेको छ । ‘बजेट सिलिङ तय भइसकेपछि नयाँ कार्यक्रम ल्याउन चुनौति नै छ,’ प्रधानमन्त्री कार्यालयमै भेटिएका अर्का सहसचिवले भने ‘प्रधानमन्त्रीको मनसायअनुसार कस्ता कार्यक्रम ल्याउने भनेर छलफल गरिरहेका छौं ।’

प्रधानमन्त्री कार्यालयका सचिव घिमिरे भैरहेकै बजेटभित्र रहेर थप भार नपर्ने गरी सम्बन्धित निकाय, मन्त्रालयबाट जनअपेक्षाअनुसार कार्यक्रम ल्याउन भनिएको बताउँछन् । ‘तर, महत्वपूर्ण खालको नयाँ कार्यक्रम आए बजेट जुटाउन सकिने प्रधानमन्त्रीको प्रतिवद्धता छ,’ उनले भने, ‘धेरैले यसअघि बजेटमा परेका वार्षिक कार्यक्रमको पुरानै फेहरिस्त ल्याएकाले त्यसलाई सच्याएर राम्रो र थोरै कार्यक्रम ल्याउन भनेका छौं ।’ प्राथमिकताका विषय, कार्यान्वयन गर्ने निकाय, अपेक्षित उपलब्धी र सहयोगी निकाय स्पष्ट किटान सहितको फम्र्याटमा कार्ययोजना ल्याउन भनिएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको पदभार ग्रहण गरेयता दाहालले मँहगी नियन्त्रण, अस्तव्यस्त ट्राफिकको व्यवस्थापन जस्ता जनतालाई सिधा छुने कार्यक्रमको पटक पटक चर्चा गरेका छन् । त्यसै अनुसार आपूर्ति मन्त्रालयलाई बजार भाउ नियन्त्रण, निरन्तर अनुगमन र गुणस्तर कायमका विषयमा ठोस कार्यक्रम ल्याउन भनिएको छ । प्रधानमन्त्री आफैले मन्त्री र सचिवलाई डाकेर पनि निर्देशन दिइरहेका छन् । 

साउन ३१ मा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र सचिवहरुलाई कालोबजारी, कृत्रिम अभाव र मँहगीविरुद्ध र्‍यापिड एक्सन प्लानमा काम गर्न निर्देशन दिदैं प्रधानमन्त्री दाहालले भनेका थिए, ‘मिति नाघेका सामान जफत गरेर जनतामा नयाँ सन्देश पैदा गरौं ।’ छोटो कार्यकाललाई आफ्नो र पार्टीको हितमा प्रयोग गर्नुपर्ने दाहालमाथि दवाब पनि छ । 

यस्तै, प्रधानमन्त्री दाहालले भदौ ५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सचिवलाई निवासमा बोलाएर जनतालाई सुविधा हुने खालका कार्यक्रम ल्याउन चारबुँदे निर्देशन दिएका थिए । उनको निर्देशन यातायात व्यवस्थाको काम सुलभ बनाउन भक्तपुरमा १ र काठमाडौंमा थप २ कार्यालय गरी ४ ठाउँबाट सेवा दिने तथा लाइसेन्स वितरणलाई सुलभ बनाउने कार्ययोजनातर्फ केन्द्रित थियो । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह