Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मन्त्री छान्न कांग्रेस यसकारण असफल, को को छन् मन्त्रीका आकाक्षी ?

By साझासवाल

भदौ ९, काठमाडौं | भागबन्डा नमिल्दा कांग्रेसले बुधबार पनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न सकेन। सभापति शेरबहादुर देउवाले बुधबार मन्त्रीको टुंगो लगाउने बताएका थिए । तर, नेता रामचन्द्र पौडेल पक्षले मागेजति भाग नपाएको भन्दै नाम नदिएपछि टुंगो लाग्न नसकेको हो ।

पार्टीको भागमा परेका १३ मध्ये पाँच मन्त्री र चार राज्यमन्त्री आफूले पाउनुपर्ने पौडेल पक्षले माग गरेको छ। तर, सभापति देउवाले चार मन्त्री र दुई राज्यमन्त्री मात्र दिने भनेपछि सहमति हुन सकेको छैन।

देउवाले मंगलबार साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पौडलनिवास बोहराटार पठाएका थिए। ‘मंगलबार साँझ चार मन्त्री र दुई राज्यमन्त्री दिने प्रस्ताव लिएर उपप्रधानमन्त्री विमलेन्द्र निधि निवासमा आउनुभएको थियो, त्यो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो,’ पौडेलको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, ‘सभापति विधि र पद्धतिअनुरूप चल्नुपर्‍यो । यो प्रस्ताव मान्न सकिन्न ।’

पौडेलले बुधबार बिहान आठ बजे आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला राखेका थिए । भेलामा पौडेलले सभापतिको प्रस्ताव सुनाएपछि स्विकार्न नसकिने नेताहरूले बताएका थिए । अपराह्न चार बजे पौडेलनिवास बोहराटारमा बसेको उनी पक्षका केन्द्रीय सदस्यसहित सभासद्हरूको भेलाले सम्मानजनक सहभागिताविना सरकारमा नजाने निर्णय गरेको थियो।

भेलामा सहभागि केन्द्रिय सदस्य बलबहादुर केसीले सम्मानजनक नभए सरकारमा सहभागि नहुने बताए ।

‘सम्मानजनक सहभागिताविना हाम्रो पक्ष सरकारमा सहभागि नहुने निर्णय भएको छ,’ केसीले नयाँ पत्रिकासंग भने ‘हामीले कम्तिमा ५ मन्त्री र ४ राज्य मन्त्री मागेका छौ, त्यति नपाए जादैनौ  र कार्यसमितिको निर्णय र पार्टीमा सहमति भएर नाम जादैन । सभापतिले एकलौटी रुपमा नाम पठाउने विषय अर्को भयो ।’ तर, सस्थापन पक्षका नेताहरुले संसदीय दलको निर्वाचनमा पौडेलले पाएको मतको आधारमा मन्त्रालय दिनुपर्ने बताएका छन् । सभापतिले मिलाएर लैजान खोज्दा पौडेल पक्षले अनावस्यक दवाव दिन खोजेको पनि सस्थापन पक्षको आरोप छ।

नेता एन पी साउदले न्यायसंगत हुने गरी सभापतिले सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने तयारी भएको बताए । ‘सबै पक्षलाई समेटेर न्यायसंगत तरिकाले पठाउनका लागि सहमति खोज्न सभापति लागिरहनु भएको छ,’ साउदले नया पत्रिकासंग भने ‘तर, सभापतिलाई अनावस्यक दवाव दिन खोजिएकाले ढिलाई भइरहेको छ।’

को को छन् मन्त्रीका आकाक्षी?

कांग्रेसको भागमा परेका १३ मन्त्रालयमध्ये सभापति शेरबहादुर देउवाले आफु निकट नेता विमलेन्द्र नीधिलाई सरकारमा पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पठाएका छन् । केन्द्रिय सदस्य रमेश लेखकलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

बाँकी ११ मन्त्रालयमा देउवाले आफू निकटका ५, पौडेल पक्षका ४, खुमबहादुर खड्का पक्षका १ र कृष्ण सिटौला पक्षका एक नेतालाई मन्त्री दिने तयारी गरेको स्रोत बताउँछ।

सस्थापनबाट ५ मन्त्रीमा अर्जुननरसिंह केसी, बालकृष्ण खाण, डा.प्रकाशसरण महत, जीवनबहादुर शाही, फरमुल्लाह मन्सुर, भिष्मराज आङदम्भे र अम्बिका बस्नेतले आकाक्षा देखाएका छन् ।

ती मध्ये केसीलाई शिक्षा, खाणलाई रक्षा, डा महतलाई परराष्ट्र र शाहीलाई संस्कृत्ति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी दिने तयारी देउवाको रहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार मन्सुर, आङदम्भे र बस्नेतबारे टुंगो लागेको छैन। पौडेल पक्षको कोटामा कोषाध्यक्ष सितादेवी यादव, नेताहरु बलबहादुर केसी, दिपक गिरी, नविन्द्रराज जोशी, कमला पन्त र रोमी गौचन थकालीको नाम चर्चामा छ । नेता खुमबहादुर खड्काको कोटामा परेको एक मन्त्रालयमा मोहनबहादुर बस्नेत र शंकर भण्डारीको नाम चर्चामा छ।

त्यस्तै, सिटौलाको कोटाबाट गगन थापा र भिमसेनदाश प्रधानको नाम चर्चामा छ।

राज्य मन्त्रीका लागि सूजाता परियार, ध्यान गोविन्द रञ्जित, तारामान गुरूङ, कन्चन बादे, किरण यादव, संजय गौतम, अब्दुल रज्जाक, दिर्घराज भाटले लविङ गरिरहेका छन् । – नयाँ पत्रिका