माघ ६, लमजुङ | विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित  छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, लमजुङ | विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित  छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै"/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

माघ ६, लमजुङ | विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित  छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिबाट पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका जनाइएको छ ।  पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरु बताउँदछन् ।

कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको सङ्ख्या ह्यात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले थला पारेर माथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, अझै कहिलेसम्म कोरोनाले प्रभाव पार्ने हो, थाहा छैन तर लामो समयसम्म पदमार्ग सुनसान बनेमा पर्यटन व्यवसायीलाई ठूलो नोक्सान हुनेछ ।”

पैतीस हजारभन्दा बढी पर्यटन यस पदमार्गमा आउने गर्दछन् । यीमध्ये अधिकांश पर्यटन व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटक तथा पर्यटन क्षेत्र रहेको छ । तर कोरोनाले पर्यटक आगमन थप भएसँगै उनीहरुको आम्दानीसमेत नहुने हुँदा परिवारको दैनिकी गुजारा चलाउनलाई समेत समस्या हुने पर्यटन व्यवसायीको भनाइ छ । अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसयी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगत्का पच्चबहादुर गुरुङले भन्नुभयो, “पर्यटकको चाप हुँदा दैनिक रु ३०–४० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ । ”

लामो समय कोरोनाले प्रभावित भएको यस क्षेत्र पुन ःकोरोना र चिसो बढेकाले पर्यटक पदमार्गमा नआउँदा आम्दानी हुन छाडेपछि चिन्तित भएको उहाँको भनाइ छ ।

त्यस्तै पर्यटन व्यवसायी खुसबहादुर तामाङको पीडा पनि उस्तै छ । लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढाउँदा खुशी हुनुभएका खुसबहादुरको खुशी दुई–तीन महिना नबित्दै फेरि निराश बन्न पुगेको छ । दैनिक रु ३०–३५ हजार आम्दानी हुने गरे पनि यतिबेला पदमार्गमा पर्यटक शून्यजस्तै बनेसँगै आम्दानी नहुँदा र कोरोना बढेसँगै प्रभावले पर्यटक कहिलेसम्म नआउने हो र व्यवसाय नचल्ने भन्ने चिन्ताले सताउन थालेको उहाँले बताउनुभयो । पर्यटन व्यवसायबाट परिवारको गुजारा चलाउँदै आए पनि पर्यटन क्षेत्र नै कोरोनाले प्रभावित बनाएपछि अर्को विकल्प के गरेर आम्दानी गर्ने भन्ने स्थिति सिर्जना कोरोनाले बनाएको पर्यटक व्यवसायी गुरुङको भनाइ छ । 

पर्यटकहरू हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितीरिवाज, प्राकृतिक सुन्दरता हेर्न अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहरमा छ । तर यतिबेला यी जिल्लाका पदमार्ग आसपासमा अधिकांश पर्यटन व्यवसायीको पीडा उस्तै छ । पदमार्ग सुनसान हुँदा पर्यटन व्यवसायी मात्र नभई सयौँ सङ्ख्यामा होटलमा आवद्ध कर्मचारी, भरिया तथा पर्यटकको पथप्रदर्शक गर्दै आएकालाई समेत समस्या पर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक