2026-06-30 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण: ७० जनाको मृत्यु

माघ ८, काठमाडौँ | यमनको एक कारागारमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ७० जना मानिसको मृत्यु भएको हुथी विद्रोहीहरुले बताएका छन्। १ सय ३८ जना घाइते भएका छन्। उत्तरी यमनको सो क्षेत्रमा घातक बम विस्फोट गराइएको बीबीसीले जनाएको छ।

साउदी नेतृत्वको सैन्य गठबन्धनले सोमबार हमला गरेसँगै हुथी विद्रोहीले पनि जवाफ हमलाहरु बढाएको हो। देशको उत्तरी क्षेत्र नियन्त्रण गर्न कारागारमा रहेका ७० भन्दा मारिएको हुथी सरकारका अधिकारीहरुले दावी गरेका छन्।

आक्रमणमा कयौं घाइते भएकाले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ। सो आक्रमणमा सबैभन्दा बढी आप्रवासीहरु घाइते भएका छन्। विद्रोहीले रातको समयमा गरेको हमलाका कारण टेलिकम्युनिकेशनको मुख्य प्रणाली पनि उनीहरुकै नियन्त्रणमा रहेको छ। सो आक्रमणसँगै इन्टरनेटमा पनि समस्या आएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

कारागारमा भएको आक्रमणको विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले निन्दा गरेका छन्। यसअघि पनि हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा ५ जना मानिसको मृत्यु भएको थियो। सो आक्रमण भएको एक साता बित्न नपाउँदै फेरि अर्को हमला भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ