२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट सङ्घको नयाँ नेतृत्व

१२ माघ २०७८, बुधबार ०८:१५

माघ १२, बैतडी | बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट सङ्घको अधिवेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।  

अधिवेशनले बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पवीन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार अधिवेशन सम्पन्न सबै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । नयाँ कार्यसमितिको कार्यकाल आगामी चार वर्षका लागि हुने बताइएको छ ।  नेपाल क्रिकेट सङ्घ क्यानमा आबद्ध यस प्रदेशका कैलाली, डोटी र दार्चुलामा अर्को वर्ष अधिवेशन हुनेछ  ।  

नेपाल क्रिकेट सङ्घमा देशभरिबाट ३५ जिल्ला आबद्ध रहेको र तीमध्ये २० जिल्लाको म्याद सकिएकाले नयाँ नेतृत्व चयन गरेको तथा बाँकी १५ जिल्लामा अर्को वर्ष अधिवेशन हुने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह