२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई दवाव

२०७८, ५ फाल्गुन बिहीबार ०७:२२

फागुन ५, काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई तेलको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा  कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दवाव परेको छ । निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेर आएको छ । 

यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम २ अर्ब ४१ करोड हुनेछ । यहीं मूल्य कायम रहँदा मासिक घाटा ४ अर्ब ८२ करोड पुग्छ । हाल पेट्रोलमा प्रतिलिटर १९ रुपैयाँ ५ पैसा, डिजेलमा १५ रुपैयाँ ४८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ५६० रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । मट्टितेल र हवाई इन्धनमा भने नाफा छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म निगमले करिब २४ अर्ब नोक्सानी ब्यहोरिसकेको जनाएको छ । यहीं अवस्थामा प्रतिमहिना ४ अर्ब भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमले जनाएको छ । हाल भारतको सीमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाा २४ पैसा, डिजेल २५ रुपैयाा ३१ पेसा सस्तो रहेको निगमको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा