2026-10-20 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुन्जेलसम्म आफ्नो पार्टीले संसद्मा विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष राईले वर्तमान सरकारको गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री स्वयंले सम्हालेको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित गम्भीर प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले संसद्को रोष्टममै उभिएर दिनुपर्नेमा जोड दिए। विशेष गरी गृह मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने सुकुम्बासी बस्ती खाली गराउने क्रममा बल प्रयोग गरिएको लगायतका संवेदनशील विषयमा धेरै प्रश्नहरू उठेको भन्दै उनले ती विषयको स्पष्ट जवाफ संसद्लाई चाहिने बताए।

पार्टीका सांसदहरूलाई सभामुखले दिएको सचेत गराउने चेतावनीप्रति टिप्पणी गर्दै अध्यक्ष राईले सरकारको आलोचना गरेकै आधारमा आफूहरूलाई निलम्बन गरिए पनि सामना गर्न तयार रहेको स्पष्ट पारे।

सञ्चारकर्मीहरूसँग आक्रोश पोख्दै उनले भने, “हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ। यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी (तयार) छौँ।”

श्रम संस्कृति पार्टीले संसद्मा निरन्तर गरिरहेको अवरोध र प्रधानमन्त्रीको जवाफदेहिता माग गर्ने अडानका कारण सरकार र प्रतिपक्षी साना दलहरूबीचको दूरी थप बढ्ने सङ्केत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ