2026-09-30 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुन्जेलसम्म आफ्नो पार्टीले संसद्मा विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष राईले वर्तमान सरकारको गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री स्वयंले सम्हालेको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित गम्भीर प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले संसद्को रोष्टममै उभिएर दिनुपर्नेमा जोड दिए। विशेष गरी गृह मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने सुकुम्बासी बस्ती खाली गराउने क्रममा बल प्रयोग गरिएको लगायतका संवेदनशील विषयमा धेरै प्रश्नहरू उठेको भन्दै उनले ती विषयको स्पष्ट जवाफ संसद्लाई चाहिने बताए।

पार्टीका सांसदहरूलाई सभामुखले दिएको सचेत गराउने चेतावनीप्रति टिप्पणी गर्दै अध्यक्ष राईले सरकारको आलोचना गरेकै आधारमा आफूहरूलाई निलम्बन गरिए पनि सामना गर्न तयार रहेको स्पष्ट पारे।

सञ्चारकर्मीहरूसँग आक्रोश पोख्दै उनले भने, “हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ। यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी (तयार) छौँ।”

श्रम संस्कृति पार्टीले संसद्मा निरन्तर गरिरहेको अवरोध र प्रधानमन्त्रीको जवाफदेहिता माग गर्ने अडानका कारण सरकार र प्रतिपक्षी साना दलहरूबीचको दूरी थप बढ्ने सङ्केत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री