९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसीको विरोधको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीद्वारा रबरको गोली प्रहार

८ फाल्गुन २०७८, आईतवार ११:२३

फागुन ८, काठमाडौँ ।अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले गोली प्रहार गरेको छ । 

एमसिसी परियोजनाको विरोधमा चर्किएको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले बिजुलीबजार क्षेत्रमा रबरको गोली चलाएको हो ।

प्रहरीले आन्दोलनकारीमाथि चार राउन्ड रबरको गोली प्रहार गरेको हो । एमसिसीको विरोधमा भइरहेको प्रदर्शनले बानेश्वर-माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ । 

प्रदर्शनकारीले बिजुलीबजार पुलमा टायर बालेर प्रदर्शन गरेका छन् । त्यो रोक्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक-पटक झडप भएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा पनि भएका छन् । सो क्रममा प्रदर्शनकारी र प्रहरीहरू घाइते भएका छन् । 

केही सवारीसाधनमा तोडफोडसमेत भएको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि रबरका गोलीसँगै अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प