२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज सिंहदरबारमा प्रचण्ड, नेपाल र खनालबीच एमसीसीबारे के-के छलफल भयो ?

२०७८, १२ फाल्गुन बिहीबार ०६:५२

फागुन १२, काठमाडौँ । आज बिहान सिंहदरबारमा एमसीसीका विषयमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालबीच दुवै दलका सांसदहरु एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति भएको हो ।

सर्वत्र विरोधकाबीच गत आइतबार प्रतिनिधिसभामा टेबल भएको एमसीसीमाथि आजबाट सैद्धान्तिक छलफल हुँदैछ । त्यसअघि आज सिंहदरबारमा प्रचण्ड, माधव नेपाल र खनालबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

‘एमसीसीका विषयमा छलफल भयो । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने हाम्रो मत रहँदै आएको छ । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भयो । हामी एमसीसीको विपक्षमा एकतावद्ध भएर उभिन सहमत भयौं,’ छलफलपछि नेता खनालले भने ।

आजको संसद बैठकमा एमसीसी सम्झौताबारे छलफल हुने कार्यसूची रहेको छ । गठबन्धनमै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले यसअघि नै एमसीसीका विपक्षमा उभिने निर्णय गरिसकेका छन् । तर, समाजवादीका केहि मन्त्रीहरुले एमसीसीको पक्षमा मतदान गर्ने बताउँदै आएका छन् ।

पार्टीको निर्णयविपरित मन्त्रीको अभिव्यक्ति आएपछि दुई पार्टी छलफलमा जुटेका हुन् । माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ । दुवै दलका जनवर्गीय सङ्गठनहरूले एमसीसीलाई राष्ट्रघाती भन्दै विरोध प्रदर्शन जारी राखेका छन् । तर गठबन्धनमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग मागिरहेका छन् ।

सत्तारुढ दुई दलले साथ नदिने देखिएपछि देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ खोजिरहेका छन् । यता नेकपा एमालेले पनि एमसीसीमा साथ दिने नदिने स्पष्ट पारिसकेको छैन । एमालेले सभामुख अग्नि सापकोटाको बहिर्गमन र माधव नेपालको पार्टी खारेज गर्नुपर्ने आफ्ना माग पुरा भए एमसीसीमा साथ दिने शर्त अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !