९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज सिंहदरबारमा प्रचण्ड, नेपाल र खनालबीच एमसीसीबारे के-के छलफल भयो ?

१२ फाल्गुन २०७८, बिहीबार ०६:५२

फागुन १२, काठमाडौँ । आज बिहान सिंहदरबारमा एमसीसीका विषयमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालबीच दुवै दलका सांसदहरु एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति भएको हो ।

सर्वत्र विरोधकाबीच गत आइतबार प्रतिनिधिसभामा टेबल भएको एमसीसीमाथि आजबाट सैद्धान्तिक छलफल हुँदैछ । त्यसअघि आज सिंहदरबारमा प्रचण्ड, माधव नेपाल र खनालबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

‘एमसीसीका विषयमा छलफल भयो । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने हाम्रो मत रहँदै आएको छ । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भयो । हामी एमसीसीको विपक्षमा एकतावद्ध भएर उभिन सहमत भयौं,’ छलफलपछि नेता खनालले भने ।

आजको संसद बैठकमा एमसीसी सम्झौताबारे छलफल हुने कार्यसूची रहेको छ । गठबन्धनमै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले यसअघि नै एमसीसीका विपक्षमा उभिने निर्णय गरिसकेका छन् । तर, समाजवादीका केहि मन्त्रीहरुले एमसीसीको पक्षमा मतदान गर्ने बताउँदै आएका छन् ।

पार्टीको निर्णयविपरित मन्त्रीको अभिव्यक्ति आएपछि दुई पार्टी छलफलमा जुटेका हुन् । माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ । दुवै दलका जनवर्गीय सङ्गठनहरूले एमसीसीलाई राष्ट्रघाती भन्दै विरोध प्रदर्शन जारी राखेका छन् । तर गठबन्धनमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग मागिरहेका छन् ।

सत्तारुढ दुई दलले साथ नदिने देखिएपछि देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ खोजिरहेका छन् । यता नेकपा एमालेले पनि एमसीसीमा साथ दिने नदिने स्पष्ट पारिसकेको छैन । एमालेले सभामुख अग्नि सापकोटाको बहिर्गमन र माधव नेपालको पार्टी खारेज गर्नुपर्ने आफ्ना माग पुरा भए एमसीसीमा साथ दिने शर्त अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु