2026-10-20 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव

काठमाडौँ | युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकार ‘जिरो टोलरेन्स’ नीतिमा रहेको बताएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित विगतका करिब ४० हजारभन्दा बढी फछ्र्योट नभएका उजुरीलाई वर्गीकरण गरी समयसीमा निर्धारण गरेर समाधान गर्ने नीति लिइएको जानकारी दिए ।

उनले भने, ‘संसदमा माननीयज्यूहरूले उठाउनु भएको र मन्त्रालय पनि चिन्तित रहेको विषय वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितता हो । यी विषयप्रति सरकारको जिरो टोलरेन्स नीति रहेको छ । ठगी नियन्त्रणका लागि विगत, वर्तमान र भविष्यका चरणलाई छुट्टाछुट्टै रूपमा वर्गीकरण गरेका छौं ।’

मन्त्री यादवका अनुसार आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी मुद्दा तथा अनुसन्धानका काम सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ । उनले दैनिक ठूलो संख्यामा उजुरी तथा ठगीसम्बन्धी निवेदन आउने गरेको उल्लेख गर्दै ती गुनासा तत्काल सम्बोधन र फछ्र्योट गर्न ‘डेडिकेटेड कमान्ड सेन्टर’ स्थापना गरिएको बताए । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा श्रमिक सहजीकरणका लागि ‘श्रम हेल्प डेस्क’ स्थापना गरेर सेवा प्रदान भइरहेको जानकारी दिए ।

‘आगामी दिनमा ठगी नियन्त्रण गर्दै वैदेशिक रोजगारीलाई पारदर्शी र न्यायोचित बनाउन समग्र व्यवस्थापन प्रणालीलाई पूर्णरूपमा डिजिटलाइज गर्ने हाम्रो नीति छ,’ मन्त्री यादवले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ