‘मिथिलामे राम खेलैया होली, मिथिलामे

                &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...                  ‘मिथिलामे राम खेलैया होली, मिथिलामे

                &nbs"/>

२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

डम्फु र झ्यालीबाट फागु स्वागतः जोगिरा जोगाउन माग

२५ फाल्गुन २०७८, बुधबार ०७:२२

फागुन २५, जलेश्वर । ‘जोगिरा सररर, जोगिरा सररर’

                 ‘मिथिलामे राम खेलैया होली, मिथिलामे

                 मिथिलामे हो, मिथिलामे हो, मिथिलामे’

                ‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली, मिथिलामे’

                ‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली

                    हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे’

               ‘जोगिरा सररर, जोगिरा सररर’ 

                      ‘रङ्ग बरसे भिगे चुनरबाली रङ्ग बरसे, हो रङ्गबरसे भिगे चुनरवाली रङ्गबरसे ।’

जलेश्वर नगरपालिका –८ बजराहीका ५० वर्षीय रामदेव महरा दुईतीन दिनदेखि साँझ पर्नेबित्तिकै उत्तरबारी टोलबाट हातमा डम्फु र झ्याली समातेर चोकमा पुग्नुहुन्छ । पछियारी टोलबाट ५५ वर्षीय अरुण पाण्डे, पूर्वारीटोलबाट ६० वर्षीय रामबाबु चौधरी र दक्षिणबारी टोलबाट ४५ वर्षीय पवित्तर साहसहित अन्य व्यक्ति आआफ्ना घर –टोलबाट आएर चोकमा जम्मा हुँदै आएका छन् ।  

तराई–मधेशमा अहिले होली पर्व आउन नौ दिन मात्रै बाँकी रहँदा साँझ पर्नेबित्तिकै गाउँगाउँमा डम्फु र  झ्याली बज्न थालेको छ भने चारैतिर जोगिराका धुन सुन्न लागिएको छ । चारैदिशाबाट टोलका चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि यसरीजम्मा हुँदैनन् । बरु आपसी भाइचारा, प्रेम, सद्भाव, सुखदुःख साटासाट गर्न तथा पुस्तौँ चलिआइरहेको जोगिराको संरक्षण र प्रवद्र्धनका लागि अहिले दैनिक रुपमा मानिसहरू साँझतिर जम्मा हुने गरेका छन् । 

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने फागुका गीत सुनिन थाल्छन् । होलैया (जोगिरा गायक) ले एकै स्वरमा लय हालेर गाएको जोगिरा सुन्दा बजराहीका टोल टोलका आआफ्ना घर– आँगनमा बसिरहेका जोकोही पनि प्रसन्न हुन्छन् ।  होलैयाले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्याली लगायत बाजा लिएर विभिन्न धुन र सङ्गीत सिर्जना गर्दै शुरु गरेको जोगिरा राति ११/१२ बजेसम्म चलिरहन्छ ।

विभिन्न प्रकारका गीत, चुट्किला, हाँसो, ठट्टा र जिस्काउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भिड लाग्छ ।  जोगिराका क्रममा हुने नाच र गानमा समेत धेरै जना सहभागी हुने गरेकोे होलैया जानकी ठाकुरले बताउनुभयो ।

बजराहीको निकै चर्चित जोगिराटोलीमा हिन्दू र मुसलमान दुवै समुदायको समावेशिता रहन्छ ।  हिन्दूका पर्वमा मुसलमान सहभागी नहुने र मुसलमानका पर्वमा हिन्दूले चासो नदिने सामान्य चलन रहे पनि  महोत्तरीको सदरमुकाम जलेश्वरको बजराहीमा धार्मिक, सांस्कृतिक–सामाजिक एकलकाँटेपन हटाइएको छ छ । यहाँ वर्षौँदेखि मुसलमानहरू हिन्दूका पर्वमा र हिन्दू मुसलमानका चाडमा सँगसँगै हुन्छन् ।  

बजराहीमा जोगिराको रङ चढेर धुम मचाइरहेका बेला जलेश्वर–७ अनकारमा पनि बर्सेनि जोगिराले धुम मचाउने गर्छ  जसमा सर्वसाधारणसहित जनप्रतिनिधि पनि उत्साहजनक रुपमा सहभागिता जनाउने गर्छन् । वडा नं ७ का वडाध्यक्ष रामछविला यादव स्वयं पनि होलैया हुनुहुन्छ ।  अहिले वडामा पनि फागुनका अवसरमा जोगिरा गाउनकै लागि युवाहरू देश परदेशबाट आआफ्ना टोल फर्किएका छन् ।  जोगिराको धुनले अहिले रातभरि गाउँलेलाई नसुत्ने बनाएको स्थानीयवासी बताउँछन् ।

तराई –मधेशसहित सम्पूर्ण देशकै लागि खुसी र उमङ्गको पर्व फागुलाई निम्ता दिन  तीन दिनदेखि वडा नं ७ मा ५० भन्दा बढी युवा, वयस्क तथा वृद्धसमेतको संयुक्त टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय बनाएको स्थानीयवासी देवेन्द्र कापरले बताउनुभयो । स्थानीयवासी शङ्कर कापरका अनुसार  वडाका घरघरमा अहिले कतिबेला साँझ पर्ला र  होलैया आएर जोगिरा शुरु गर्लान् भन्ने प्रतीक्षामा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धा बसिरहेका हुन्छन् ।

सम्पूर्ण मिथिलाञ्चलवासीलाई मन पर्ने जोगिरा जलेश्वरमा मात्रै सीमित नभए  पिपरा गाउँपालिका वडा नं ७ बनौली गाउँमा पनि निकै धुमधामका साथ गाइने तथा सुन्ने गरिएको स्थानीय सञ्चारकर्मी एवं होलैया ६५ वर्षीय वैद्यनाथ चौधरीले बताउनुभयो । 

स्थानीयवासी सुनिल ठाकुर सो गाउँमा पनि परम्पराकालदेखि जोगिरा गाउने प्रचलन रहेको र यसमा कुनै उमेर समूहले बाधा नपारेको बताउनुहुन्छ । सो गाउँमा एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्ति बसेर जोगिरा गाउने, हाँस्ने, हँसाउने, कथा, कहानी र जीवनका अनुभव साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदरसत्कार र सानालाई स्नेह बाँड्ने काम हुने गरेको ठाकुरले थप्नुभयो । 

कवि कोकिल विद्यापतिको जन्मथलो सो गाउँमा तीनचार दिनदेखि राति होलैयाको भीडले मेला जस्तै लाग्ने तथा उनीहरूले गाउने गीतले गाउँ नै गुञ्जमान हुने गरेको स्थानीयवासी रामशोभित मण्डलले बताउनुभयो ।  जोगिराकै धुनमा अहिले  मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ पनि रङ्गिएको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताउनुभयो । उहाँले अहिले बथनाहामा पनि कत्ति बेला साँझ पर्ने भन्दै स्थानीय बासिन्दा प्रतीक्षामा हुन्छन् । 

स्थानीयवासी ललिन्द्र दुवे, समिर राय, भोगी कापरसहित थुप्रै होलैयाले ढोल बजाउन, झ्याली पिट्न, हार्माेनियम बजाउन र गीत गाउन सुरु गरेपछि बथनाहा गाउँ गुञ्जायमान हुने गरेको छ ।  राति अबेरसम्म चलिरहने गीतसङ्गीत र हाँसोठट्टाले दैनिक रूपमै फागु चलिरहेको आभास गराउने गरेको स्थानीयवासी सुधिर राय बताउनुहुन्छ । 

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका प्रत्येक गाउँटोलमा  फागुन २० गतेदेखि  नै प्रत्येक राति  ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायत बाजागाजाका साथ जोगिरा गाउन सुरु भएको विभिन्न पालिकाबाट स्थानीयवासीले बताएका छन् ।  अहिले नेपालका धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा आदि तथा भारतका मधुबनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा शुरु भएको हो ।

जोगिराको धुन र लयले गाउँगाउँलाई सङ्गीतमय पारेका बेला जोगिरा गाउनकै लागि अहिले युवा तथा वयोवृद्धलाई घरघरबाट तानेर ल्याई गाउन लगाउने गरिएको जलेश्वर– २ का गोरेबाबा साहले बताउनुभयो । उहाँले जोगिराले एकापसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरूले राति पनि गाउँका चोकचोकमा ठूलो सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताउनुभयो ।

प्रायः फागु पर्वभन्दा १५ दिन पहिले शुरु हुने जोगिरा गायन मिथिलाञ्चलका प्रत्येक गाउँटोलमा तीनचार दिनदेखि सुरु भइसकेको छ जुन पर्वको एकदिन पहिलेको रातिसम्म गाइने चलन छ ।  भारतका बिहार र उत्तर प्रदेश राज्यसँग टाँसिएको सम्पूर्ण मिथिलाञ्चलमा पछिल्लो समयमा भोजपुरी भड्किलो गीत, खुला मदिरा व्यापार र चर्को ध्वनि बजाइने डिजे बाजाको प्रभावले जोगिरालाई कतैकतै खलल पु¥याउने कामसमेत हुने गरेको रामगोपालपुर नगरपालिका– ७ का होलैया अनिरुद्ध मण्डलले बताउनुभयो । “स्थानीयवासीले एकजुट भएर एकै लय र स्वरमा आआफ्ना भाषा, सङ्गीत र शब्दमा गाइने जोगिराले परम्परा झल्काउने, सद्भाव बढाउने र जोगिरा समेतलाई संरक्षण गर्न ठूलो मद्दत मिलेको बेला भोजपुरी अश्लील भड्किला गीत, डिजे बाजाको चर्को आवाज र मदिरा सेवनकर्ताको होहल्लाबाट भाँड्ने प्रयास हुँदा  नरमाइलो हुने गरेको छ”, उहाँले गुनासो गर्नुभयो ।

जलेश्वर– ११ का जोगिरा रामछविला बिच्छाले परापूर्वकालदेखि चलिआएको जोगिरा गायनले सुरक्षा र संरक्षण पाउनुपर्नेमा जोड दिँदै गाउने बेलामा स्थानीय नगरपालिका तथा गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिनुपर्ने र नेपाल प्रहरी टोलीले गाउँगाउँ र बस्तीबस्तीमा गस्ती बढाउनुपर्ने माग गर्नुभयो ।  उहाँले भन्नुभयो, “अहिले गाउँ गाउँमा रातिको बेला जोगिरा गायनको बेला स्थानीय बुद्धीजिवी र युवाहरुले पनि समूह बनाएर खबरदारी तथा सूरक्षाको काम गर्नुपर्ने जरुरी छ ।”

आधुनिकताका नाउँमा जोगिरा गायनमाथि भोजपुरी द्विअर्थी, अश्लील र भड्किला गीत, डिजेको चर्को आवाज र खुला मदिरा बिक्री वितरणलाई फागुको एकदिन अघिसम्म प्रतिबन्ध लगाइनुपर्ने जोगिरा जगेर्नाका लागि समय समयमा विभिन्न अभियान सञ्चालन गरिरहनुभएका जलेश्वर– १ का होलैया महादेव दासले बताउनुभयो ।

मिथिलाञ्चलका गाउँटोलमा रहेका मठ, मन्दिर,  चौतारा, पाटीपौवा, दोबाटो, चौबाटो अहिले सङ्गीतमय बनेका बेला मिथिलामा विभिन्न देवीदेवताको रात्रि आगमनसमेत हुने गरेको मटिहानी नगरपालिका– ७ का होलैया एवं राजनीतिकर्मी राजकिशोर मण्डल बताउनुहुन्छ । जोगिराको संरक्षण, संवद्र्धन तथा जगेर्नाका लागि स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

‘जोगिरा’ मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर  एवं सम्पत्ति रहेको नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डल बताउनुहुन्छ । इतिहासर र पूर्वजको सम्मान तथा भविष्य एवं हाम्रा सन्ततिका लागि भए पनि जोगिराको संरक्षण गर्नुपर्ने उहाँको धारणा छ ।  “प्रत्येक मिथिलावासी, स्थानीय तह, जनप्रतिनिधि, सुरक्षा निकाय र धार्मिक, सांस्कृतिक एवं पुरातत्वसम्बन्धी निकाय पनि होली र मौलिक परम्परा बचाउन उत्तिकै उत्तरदायी तथा जवाफदेही बन्नुपर्छ”, उहाँले भन्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु