२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत

२०७८, २७ फाल्गुन शुक्रबार ०८:४१

फागुन २७, काठमाडौँ । अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरुको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्रमन्त्री खड्काले युक्रेन र रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कूटनीति र वार्ताको माध्यमबाट नै जारी द्वन्द्वलाई दिगोरुपमा समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । विदेशमन्त्री काभुसोग्लुले नेपाल र टर्कीबीच पारस्परिक लाभका क्षेत्रमा परिणाममुखी साझेदारी अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बिहीबार नै परराष्ट्रमन्त्री डा खड्काले बहराइन अधिराज्यका विदेशमन्त्री डा अब्दुललातिफ बिन रसिद अल जायनीसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँले बहराइनमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा बहराइन सरकारको सराहना गर्नुभयो । उहाँहरूबीच  आर्थिक सहयोग विस्तार तथा जनता–जनताबीचको सम्पर्क र पर्यटन प्रवद्र्धन, विशेषगरी पर्वतारोहण क्षेत्रलगायत विषयमा विचार आदानप्रदान भएको पनि उक्त मन्त्रालयले जनाएको छ । 

त्यसअघि परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई विभिन्न क्षेत्रका टर्कीका उद्यमीहरूको समूहले छलफलका लागि स्वागत गरेको थियो ।छलफलमा भाग लिँदै नेपाली प्रतिनिधिमण्डलले दुई देशबीचका सम्भावित व्यापारमा सहकार्यका लागि व्यवसायीहरूसँग आग्रह गरेको थियो ।  विशेष गरी मन्त्री खड्काले टर्कीका व्यापारी समुदायलाई नेपालमा लगानी भएको क्षेत्रमा व्यापारका अवसर पहिल्याउन उहाँहरूलाई आमन्त्रण गर्नुभएको थियो ।

आजदेखि यही फागुन २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चलाई भोलि सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा  ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई उहाँले सम्बोधन गर्नुहुनेछ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ ।

नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशको सन्दर्भमा भएको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह