१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको इतिहासमा राष्ट्रिय मेलमिलाप नीति बिर्सन नसकिने अध्याय हो : वरिष्ठ नेता खनाल

३० फाल्गुन २०७८, सोमबार ०७:५६

फागुन ३०, काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनीतिक जीवनी यात्रामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेशन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको उक्त वृत्तचित्रमा मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर विपीले लिनुभएको राष्ट्रिय मेलमिलापको नीति, सहासिक निर्णय, राजनीतिक जीवन र त्यसबेलाका घटनाक्रम समेटिएका छन् ।

 सुन्दरीजल बन्दीगृहमा रहेका बेला तत्कालीन राजासँग भएको भेटवार्ता, भारत निर्वासनमा रहँदा प्रजातन्त्रका लागि अघि सारिएका कदम, आन्दोलन, भारतीय नेतासँगका छलफल र सामीप्यतासम्बन्धी विषय पनि वृत्तचित्रमा समावेश छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा विपीको योगदानका सम्बन्धमा  नेपाली कांग्रेसका नेतात्रय कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट,  कोइराला र गणेशमानसिंह परिवार, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ मुटुरोग विशेषज्ञ मृगेन्द्रराज पाण्डे, पेट रोगसम्बन्धी विशेषज्ञ मधु घिमिरे लगायतका स्मरण पनि सो वृत्तचित्रमा राखिएको छ ।

वृत्तचित्रमा विपीलाई लागेको ‘राजद्रोह’ मुद्दाको निर्णय सुनाउने न्यायाधीशका विचारसहितको अन्तरकथा पनि छाँयाङ्कन गरिएको छ । ‘राजद्रोही राजनेता’ वृत्तचित्र हेरेपछि सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियतामा खतरा बढिरहेका बेला नेपालका  लोकतान्त्रिक राजनीतिक शक्तिबीच एकताको बोध गरी विपीले लिनुभएको निर्णय लोकतन्त्रका लागि साहसिक कदम  भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको त्यसबेलाको राजनीतिक सेरोफेरोमा रही वृत्तचित्र बनेको छ । नेपालमा त्यसबेला विपीले लिनुभएको कदम इतिहासमा बिर्सन नसकिने अध्याय हो ।”

सुशील कोइराला मेमोरियल फाउन्डेशनका सदस्य सचिव  अतुल कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिई विसं २०३३ मा स्वदेश फर्किएपछि विसं २०३७ को जनमत सङ्ग्रहसम्मका मूलभूत राजनीतिक घटनाक्रमसहितका विषयवस्तु वृत्तचित्रमा समेटिएको जानकारी दिनुभयो । इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । अन्वेषण न्यूज डटकमका प्रधानसम्पादक जगत नेपालले नेपालको प्रजातन्त्रिक आन्दोलनका विषयमा अध्ययन, अनुसन्धान र विश्लेषण अघि बढाउने सहमतिअनुरुप राजद्रोही राजनेता नामक वृत्तचित्र निर्माण गरिएको बताउनुभयो । वृत्तचित्र हेर्न नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम फाउण्डेशनका अध्यक्ष सशाङ्क कोइराला, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडू, विभिन्न पार्टीका नेता, सांसद तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी