२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमालेमा प्रवेश गर्न लागेको’ समाचारप्रति श्रममन्त्री श्रेष्ठले दिए स्पष्टिकरण

२०७८, ३० फाल्गुन सोमबार ०९:४३

फागुन ३०, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफू एमालेमा जान लागेको भनि हल्ला चलाइएको प्रति ध्यानाकर्षण जनाएका छन् । मन्त्री श्रेष्ठले 'एमालेमा जान छलफलमा जुटेको' भनी केही अनलाइन समाचार पोर्टल तथा सामाजिक सञ्जालमा प्रकाशित भएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एमाले अध्यक्षसँग आफ्नो कहिलै सम्पर्क समेत नभएको भन्दै झुटो, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद जनाएका छन् । 

केहि संचार माध्यमले नेकपा एकीकृत समाजवादी पार्टीका नेता समेत रहेका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान नेकपा एमालेमै फर्किने तयारी गरेको उल्लेख गर्दै समाचार लेखेका थिए । उक्त समाचारमा चुनाव नजिकिँदै गएपछि उनीहरू एमालेमै फर्किने तयारीमा जुटेको उल्लेख छ । 

यस्तो छ श्रममन्त्रीको स्पष्टिकरण: 

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ 'एमालेमा जान छलफलमा जुटेको' भनी केही अनलाइन समाचार पोर्टल तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एमाले अध्यक्षसँग मेरो कहिलै सम्पर्क समेत भएको छैन । यस्तो झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै भ्रममा नपर्न आम जनसमुदाय, सञ्चार जगत तथा सम्बन्धित सबैमा अपील गर्दछु । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वदेश तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न क्रियाशील रहेको र यसका सकारात्मक नतिजाहरु देखिइरहेको अवस्थामा जनमानसमा भ्रम फैलाउन उद्धत यस्ता पात्र र प्रवृतिप्रति दु:ख र खेद व्यक्त गर्दछु ।- कृष्णकुमार श्रेष्ठ, मन्त्री , श्रम, राेजगार तथा सामाजिक सुरक्षा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह