१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच प्रदेशका इन्जिनियर्स एशोसिएशनमा लोकतान्त्रिक समूहको नेतृत्व

१ चैत्र २०७८, मंगलवार ०९:४६

चैत १, काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पाँच प्रदेशमा लोकतान्त्रिक समूह पदाधिकारीसहित बहुमत पदमा निर्वाचित भएको छ । 

पाँच प्रदेशमा सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) को नेतृत्वसहित बहुमत पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा लोकतान्त्रिक समूह निर्वाचित भएको निर्वाचन समितिका सदस्य उमेश गुप्ताले राससलाई जानकारी दिनुभयो । पाँच प्रदेशमा नेतृत्वसहित मुख्य पद गरी बहुमतमा सिडेनको समूह निर्वाचित भएको उहाँले सुनाउनुभयो ।

अहिले मत गणना भइरहेको मधेश प्रदेश र बागमतीमा पनि धेरै पदमा सिडेनकै पदाधिकारी एवं सदस्यको अग्रता रहेको छ । मधेश प्रदेशका दुई निर्वाचन केन्द्रमध्ये एक र बागमतीका तीन निर्वाचन केन्द्रमध्ये एकको मत गणना अहिले जारी छ । आज बेलुकीसम्म जनकपुर काठमाडौँ केन्द्रको पनि मत परिणाम आउने समितिले जनाएको छ । राज्य पुनःसंरचनापछि प्रदेशको दोस्रो कार्यकालका लागि मतदान भएको हो ।

एशोसिएशनको अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित हुनुभएको हो । अग्रता कायम गर्ने सिडेनका उम्मेदवारमा मधेश प्रदेशमा श्यामकिशोर यादव र बागमतीमा रोहिणी पौडेल हुनुहुन्छ ।

केन्द्रीय नेतृत्वमा पनि सिडेनकै अग्रता

केन्द्रीय नेतृत्वमा पनि सिडेनका पदाधिकारी एवं सदस्य गरी बहुमतमा अग्रता कायम गरेको छ । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा डा हरिबहादुर दर्लामीको नेतृत्वको समूह प्रतिस्पर्धामा छ । 

यसैगरी प्रगतिशील समूहबाट डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिस्पर्धा गरिरहेको छ । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि पाँच प्रदेशमा विजयीसहित केन्द्रमा पनि अग्रता कायम गरेको उपाध्यक्ष पदका उम्मेदवार नारायण अधिकारीले सुनाउनुभयो । एशोसिएशनको ३३ औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो । एशोसिएशनबाट इन्जिनियर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवारको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी