चैत २, काठमाडौँ । व्यस्त जीवनशैलीका कारण मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । तर, स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् । आयुर्वेद फिजिसियन डाक्टर नाजिया खानले फलफूल काट्ने वित्तिकै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, काठमाडौँ । व्यस्त जीवनशैलीका कारण मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । तर, स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् । आयुर्वेद फिजिसियन डाक्टर नाजिया खानले फलफूल काट्ने वित्तिकै "/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काटेर राखेको फलफूल खानु हानिकारक

२ चैत्र २०७८, बुधबार ११:०३

चैत २, काठमाडौँ । व्यस्त जीवनशैलीका कारण मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । तर, स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् । आयुर्वेद फिजिसियन डाक्टर नाजिया खानले फलफूल काट्ने वित्तिकै खानुपर्ने बताउँछिन् । उनी फलफूल काटेर राख्दा त्यसमा सूर्यको प्रकाश सिधा पर्ने भएकाले पोषक तत्वमा कमी आउने बताउँछिन् । साथै, उनले काटेर राखिएको फलफूल छिट्टै सड्ने पनि बताइन् । 

फलफूल काटेर लामो समयसम्म राख्दा त्यसमा हुने भिटामिन सी, बिटा केरेटेनाइड्स, एन्टिअक्सिडेन्ट, मिनरल र अन्य पोषकतत्वहरुमा कमी आउँछ । फलफूल प्रकाश र अक्सिजनको सीधा सम्पर्कमा आउँदा भिटामिन सी गायब हुन्छ । यसका साथै, फल प्राकृतिक रुपमा बोक्राले ढाकिएको हुन्छ । जसका कारण यसमा रहेको भिटामिन ए र ई पनि हुन्छ । जब यसलाई काटिन्छ यसको सुरक्षा कवच पनि निक्लन्छ ।

फलफूलमा एन्टिअक्सिडेन्टबाट हुन्छ र काटेर खुला राख्दा अक्सिजनसँग प्रतिक्रिया जनाएर विशाक्त बन्न थाल्छ ।  त्यसैले काटिएको सट्टा ताजा फल खानुहोस् ।

बजारमा पाइने काटिएको फल, सलाद, फ्रुट स्याडविच आदि खानबाट जोगिनु आवश्यक छ । किनकी यसमा संक्रमण र खाद्य विषाक्तको पुरापूर सम्भावना हुन्छ ।   यस्तोमा काटिएको फल देख्न जत्तिकै राम्रो भए पनि अपच हुन सक्छ । फल काटेर वा नरम बनाए खानु हुन्छ भने ताजा नै खानुहोस् ।

ग्लास वा स्टील एयरटाइड कन्टेनरमा स्टोर गर्नुहोस् 

फल काट्नाले यसको रेस्पिरेशन दर बढ्छ । जसका कारण यसमा कार्बनडाईअक्साइड रिलिज हुन्छ र शुुगरको मात्रा पनि बढ्छ । यसबाट फलको रंग त्यसको टेक्श्चर सबै प्राभवित हुन्छ । यद्यपि यसलाई काटिएको १० मिनेटभित्र खानु राम्रो हुन्छ । यदि स्टोर गर्नु नै छ भने पनि ग्लास वा स्टीलको एयरटाइड कन्टेनरमा रेफ्रिजरेट गरेर ३ देखि ४ घन्टासम्म राख्न सकिन्छ । यसो गर्नाले फलमा रहेको पोषक तत्व नष्ट हुनबाट जोगिन्छ । 

तर, फलका किसिम अनुसार काटेर राख्ने समय फरक हुन्छ । न्यूट्रिसियनिस्ट बिन्दु बजाजका अनुसार फल काट्नाले त्यसमा रहेको बी कम्प्लेक्स भिटामिन, फाइबर र मिनरल नष्ट हुन्छ । प्लास्टिकको टिफिनमा फल राख्नु पनि स्वास्थ्यका लागि ठीक हुन्न । बोक्रा सहित फल खानु तपाईको स्वास्थ्यका लागि लाभदायक हुन्छ । खानु भन्दा पहिले त्यसलाई पानीले राम्ररी पखाल्नु पर्छ । बिना बोक्रा फल खानाले त्यसमा भएको फाइबरको मात्रा पनि रहिरहन्छ । स्याउ, गाजर र काँक्रो जस्ता फल बिना बोक्रा खादा पनि स्वादिष्ट लाग्छ  साथै स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । यसो नगर्नाले फल प्रदूषित भएर तपाईको पाचन प्रणालीलाई नोक्सानी पुर्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो