2026-09-12 09:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी अनुमोदनपछि गिरिराजमणि न प्रशिक्षण दिन्छन् न त केही बोल्छन्

विशाल बस्नेत । चैत ५, महोत्तरी । ‘विभिन्न द्वन्दकाबीचमा पनि मनलाई शान्ति राख्नु पर्ने रहेछ ।’ केही दिनअघि लुम्बिनी बौद्ध विश्वविद्यायल र वर्दिबासबीचको शैक्षिक सहकार्यसम्बन्धी एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले भनेका थिए ।

व्याख्यात्मक घोषणासहित उनको पार्टी माओवादी केन्द्रले एमसीसी अनुमोदनमा साथ दिएपछि नेता नारायणकाजी श्रेष्ठसहित गिरिराजमणि पोखरेलले फरक मत राखेका थिए । पार्टीले ह्विप जारी गर्दा पनि पोखरेलसहितका नेताहरू त्यसविरुद्धमा गएका हुन् । नेता पोखरेलले अहिले पनि एमसीसी राष्ट्रघाति भएको दोहोराइरहेका छन् । 

नेता पोखरेल पक्षका कतिपय ‘विश्वास पात्र’ भनिएकाहरूले पार्टीनै परित्याग गरिसकेका छन् । महोत्तरीका संयोजकसहित पुराना नेता तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य राजन ढुंगाना, महिला नेतृ उर्मिला कार्की, नेता रामबहादुर राणा र नरबहादुर खनालले पार्टी छाडेको घोषणा गरिसकेका छन् ।

तर, गिरिराजमणि पोखरेल भने पार्टीले आयोजना गरेको महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेता पोखरेललाई स्थानीय संचारकर्मीहरूले कहिलेकाही घेराबन्दी नै गर्छन । एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया लिन खोज्छन् । तर, उनी न एमसीसीको बिषयमा केही बोल्छन् न त आफ्ना कार्यकर्ताले साथ छाडेको बिषयमै केही भन्छन् । यस बिषयमा अहिले नबोल्ने भन्दै पन्छिन्छन् । साथै जिल्ला तहका नेता, कार्यकर्ताहरूको मनोबल उच्च बनाउन न नेता पोखरेलले कुनै प्रशिक्षणनै दिन सकेका छन् ।

‘बाहिरबाट हेर्दा पार्र्टीकै एजेण्डामा हिँडिरहेको देखिए पनि पोखरेल सन्तुष्ट छैनन् । निर्वाचनमा माहोल नबिग्रियोस् भनेर पार्र्टीभित्रै बसेर संघर्ष गरिरहनु उनको बाध्यता छ ।’ उनी नजिकका एक नेताले भने ।

चुनाव केन्द्रित कार्यक्रममा व्यस्त बनेका नेता पोखरेल महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी बनिरहेका छन् । बिहीवार मात्रै पनि भंगाहा नगरपालिकास्थित सुकुम्बासीमा बस्तीमा पुगेर कोष खडा गर्न एक महिनाको पारिश्रमिक नै दिने घोषणा गरे ।

अघिल्लो निर्वाचनभन्दा यो निर्वाचनमा नेता पोखरेलले निक्कै मेहनत गरिहेका छन् । जनताको घरदैलोमै पुगेर जिल्लाका दुर्गम गाउँमा पुगेर समस्या पहिचान गर्न उनले केही महिनाअघिस अभियान नै चलाएका थिए ।

लगातार महोत्तरीवाट संघीय संसदमा सांसद बनिरहेका नेता पोखरेल दुई पटक मन्त्री बनिसकेका छन् । उनी एक पटक स्वास्थ्य र जनसंख्या र दोस्रो पटक शिक्षा तथा विज्ञा मन्त्री बनेका थिए ।

जिल्लाको उत्तरी क्षेत्र माओवादी केन्द्रको गड नै मानिन्छ तर एमसीसीको विवादले यहाँ पनि माओवादी केन्द्र दुई कित्तामा उभिएको छ ।

एकपक्षले ब्याख्यात्मक घोषणासहित भएको एमसीसी अनुमोदनलाई स्वीकार गरिसकेको छ भने अर्काे पक्षले अहिले पनि राष्ट्रघाति भएको भन्दै पार्टीको कदमको विरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस